प्रणय साह
वीरगंज ३ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीटोलीले चेकजाच“को बहानामा सर्वसाधारणलाई सास्ती दिएको मोटरसाईकल चालकहरुले आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय पर्साबाट सई ओमिन्द्र यादवको कमाण्डमा छडके चेकजाच गर्न खटेको प्रहरी टोलीले वीरगंज महानगरपालिका छपकैयाको ईदगाहचौकमा चेकजाच गर्ने क्रममा लाईसेन्स, बुलुबुक, अगाडीको नम्बर प्लेट नभएका भारतिय मोटरसाईकल संग ५० र १०० रुपैया लिएर छाडेको र नेपाली मोटरसाईकलवालाहरुलाई सास्ती दिएको एक मोटरसाईकल चालकले आरोप लगाएका छन । दिउसो १ः०० बजेको प्रचण्ड गर्मीमा प्रहरीले चेकजाच“को क्रममा नेपाली मोटरसाईकलहरुलाई बिचबाटोमै १० देखी १५ मिनट सम्म रोकेर बिनाकारण दुख दिएको मोटरसाईकल चालक नबि अख्तर मन्सुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय