वीरगंज, २९ साउन  ।

नेकपा पर्साको कार्यालयमा आज तालाबन्दी गरिएको छ । वीरगंज रामगढवा स्थित मनमोहन नगरमा रहेको पार्टी कार्यालयमा पुर्व एमालेसंग आबद्ध पुराना कार्यकर्ताहरुले पर्सा संयोजक प्रभु हजराको काम प्रति असन्तुष्टि जनाउदै तालाबन्दी गरेका हुन । एमालेका पुर्वसांसद राजकुमार गुप्ता, विचारी यादव, जयप्रकाश थारु, प्रद्युम्न चौहानसमेत विभिन्न जनवर्गीय सड्डठनहरुको सहभागितामा तालाबन्दी गरिएको एमालेको युवा नेता संजिव मिश्राले जानकारी दिनुभयो । तालाबन्दी गर्ने क्रममा संयोजकको नाममा जारी गरिएको ध्यानाकर्षणपत्रमा पार्टी सड्डठन मजबुत गर्ने गरी सरसल्लाह, भेला, बैठक नगरेको, जथाभावी पार्टी सदस्यता नवीकरण गरेको, अन्य पार्टीमा गएकाहरुलाई पनि एमाले पार्टीमा प्रवेश गरेको भनेर सदस्यता दिइएको जस्ता आरोपहरु लगाइएको छ । यसैगरी ध्यानाकर्षणपत्रमा जिल्ला कमिटी र प्रदेश कमिटीका लागि गरिएको सिफारिसमा पनि सरसल्लाह नगरिएको र नेतृत्व तहले एकतर्फी निर्णय गरेको भन्दै तालाबन्दी गर्नुपरेको नेता मिश्राले जानकारी दिनुभयो । तालाबन्दी गर्ने पक्षले पूर्वएमाले पक्षीय नेता, कार्यकर्ताहरुको भेला, बैठक गरेर सरसल्लाहबाट काम गर्न माग गरेका छन् । यता नेकपा पर्साका संयोजक प्रभु हजराले तालाबन्दीको औचित्य नरहेको जिकिर गर्दै आपूmमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ ।सबै व्यक्तिहरु सगंको सरसल्लाहमा नवीकरण गरेको र नया सदस्यता वितरण गरिएको बताए । उनले ७५ सदस्यीय जिल्ला कमिटी र प्रदेश कमिटीको लागि पर्साको भागमा परेको १३ जनाको नाम पनि सरसल्लाहबाट सिफारिस गरिएको जानकारी दिनुभयो । नेकपा पर्सामा ३१ सय पुराना सदस्यहरु मध्ये १२ सयजनाले मात्र नवीकरण गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय