वीरगंज ६ भदौ ।
मुश्लिम धर्मावलम्बीहरुले आज आफ्नो दोस्रो ठुलो चाड बकर इद धुमधामसंग मनाउँदै छन् । ।३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–अजहा’ पनि भनिन्छ ।बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । ईद पर्बको अवसरमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आज बिहान बीरगंजको लाठगल्ली स्थित जामे मस्जिदमा पुगी नमाज पढ्नु भएको छ । सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ का जनता तथा समस्त देशबासीको सुख समृद्धि र उन्नतीकोलागी अल्लाह संग आफुले कामना गरेको बताउनु भयो ।मुख्यमन्त्री राउतले धार्मीक सास्कृतिक परम्पराले नेपालीहरुलाई एकआपसमा एकताको सुत्रमा बाँध्ने काम गरेको बताउदै ईदपर्ब मित्रता र सद्भावको पर्ब भएको बताउनुभयो ।
यसैबिच आज बारा,पर्सा लगायत देशभरका मस्जिदमा नमाज पढ्नकालागी बिहानैदेखी मुस्लीम समुदायको भीड लागेको छ ।नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर भोज खाने खुवाउने चलन रहेको छ ।बकर इदको अवसरमा आज प्रदेश सरकारले प्रदेश नम्बर २ मा सार्वजनिक बिदा दिएको छ । यस्तै बकरइदको अबसरमा प्रदेश न १ र ५ मा पनि सार्बजनिक बिदा दिइएको छ । बकर ईदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ । बकर–ईदले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान र्पुयाउने राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएउनुभएको छ् ।बकर–इद को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले खोजेको समृद्धि हासिल हुने बताउनुभयो ।नेपाल बहुसंस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधताले भरिएको भन्दै उहाले बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय