राम कुशवाहा
वीरगंज ६ भदौ ।
पर्साको छिपहरमाई गाउपालिका वार्डनम्बर ५ भिष्वा बजारबाट छापामारी गरि १० लाख बराबरको तस्करीको समान बरामद भएको छ । बरामद समानलाई आज विहान सशस्त्र प्रहरीको बीरगन्ज भंसार राजश्व गस्ती टोलीले सार्वजनिक गरको छ । गन्जी , सलवार सुट, साडी तथा भाडा कुडा लगायतका समान राजश्व छलेर नेपाल भित्रियाएर राखिएको अवस्थामा बरामद भएको भंसार राजश्व गस्तीका प्रहरी नायब उपरिक्षक तिलक खड्काले बताउनु भयो ।सबै समानको भंसार मुल्य १० लाख ८ हजार निर्धारण गरि बीरगन्ज भंसारमा बुझाइएको खड्काले बताउनु भयो । बरामद भएको समानमा मेड इन नेपाल लेखिएको र यस बारे जानकारी मांगदा समानधनी एनामुल हक अंसारीले कुनै कागजात नदिएको र भंसारको कानुन अनुसार कार्यवाही गर्न भनेको सशस्त्र प्रहरीले जनाएको छ । भिष्वा निवासी हनिफ मिया तेलीको घरमा ४ वटा कोठा भाडामा लिइएर एनामुल हक अंसारीले अमित गोल्ड ब्राण्डको गन्जी तथा अन्य कपडा र भाडा कुडा भण्डारण गरेर राखेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times