वीरगंज १९ भदौ ।
हिन्दुहरुको महान पर्व दशै आउन एक महिना बाकी रहदा चितवन प्रहरीले अवैध रकम असुलीमा लागेको समाचार प्राप्त भएको छ । गत शनिबार वीरगन्जबाट हिडेको साझा ट्रान्सपोर्टको ना३ख ४३५९ नम्बरको ट्रकमा लोड भएको सामानमा जबरजस्ती नियन्त्रणमा लिई ट्रान्सपोर्ट धनिलाई फोनमा महिनावारी बाध्न बाध्य बनाउन खोज्दा नमानेपछि ट्रक नै वेवारिसे भनि जरबजस्ती वीरगन्ज भंसार कार्यालयमा बुझाएको छ ।
भन्सार राजस्व छली आशंकामा चितवन प्रहरीले नियन्त्रणमा लिएको ट्रक चेकजा“च पछि थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाउ“दा भन्सार प्रज्ञापनपत्र र विलविजक नै गायव गरेको पाइएको छ । गत आइतबार विहान भरतपुरको टिकौलीबाट प्रहरी नायब निरिक्षक बुद्धि चौधरीले नियन्त्रणमा लिएको थियो । तत्कालिन जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी सहायक निरिक्षक पदमा रहदा चौधरी वीरगन्जका विभिन्न व्यापारीलाई धम्काउदै अवैध असुली गर्दै आएका थिए । ट्रक नियन्त्रणमा लिए लगतै ट्रान्पोर्टका स्पाफ मुकेश कुमारलाई फोन मार्फत महिनावारी बान्न भनेपनि महिनावारी दिन नमानेपछि अनावश्यक दुख दिन ट्रकलाई आफनो नियन्त्रणमा लिएको हो । चितवनका प्रहरी उपरिक्षक सुशिलसिंह राठौरका अनुसार प्रहरीले आइतवार अपराह्न ट्रकको सामान चेकजा“च गरेको थियो । प्रहरीले कुनैपनि ट्रक नियन्त्रणमा लिएपछि सम्बन्धी निकायको रोहबरमा चेकजाच गर्नुपर्ने हुन्छ र प्रहरीले नेपाल सरकारको कानुनलाई नै वेवास्ता गरी आफनो मनोमानि ढंगले ट्रकको मालमसमान निकालि चेकजाच गर्दा विल अनुसार समान मिलेपनि ट्रक नछाडि वेवारी भनि राजश्व अनुसन्धान विभाग पथलैयालाई जिम्मा लगाउन खोजेपछि राजश्व विभागले ट्रकलाई नबुझेपछि वेवारिसे भनि भंसार कार्यालयमा बुझाएको हो । तर एस पि राठौर अनुसार बिलविजक बमोजिम अदत भेटिएपछि न्युन बिजकीकरणको आशंकामा उक्त ट्रक थप अनुसन्धानका लागि सोमबार भन्सार कार्यालय पठाएकोे बताए ।


सोमबार वीरगन्ज भन्सार कार्यालय पुग्दा पुग्दै ढिलो भएपछि भन्सार मुद्दा शाखाले प्रतिवेदन लिएन् । मंगलवार विहान न्युन बिजकीकरणको अनुसन्धान आफ्नो क्ष्ँेत्राधिकार वाहिर रहेको भन्दै चितवन प्रहरीले बुझाएको प्रतिवेदन फिर्ता गरेको थियो । प्रहरीले भन्सारलाई बुझाउन तयार पारेको प्रतिवेदनमा ट्रकमा लोड भएको सामानको बिलविजक उल्लेख नगरेको साझा ट्रान्सपोर्टका प्रतिनिधी मुकेश साहले बताए । १६ वटा बिलविजकको जिरा, मेथी, बेसार, औषधी र भन्सार प्रज्ञापनमा पास भएको कपडा उक्त ट्रकमा लोड थियो, साहले भने, ‘शनिबार वीगन्जबाट जाने क्रममा वाराको पथलैया स्थित राजस्व कार्यालयमा समेत सबै विलविजकको फोटोकपी दिएका छौ“ । उनका अनुसार राजस्व कार्यालयमा दुई दिन अगाडिनै बुझाएको विलविजकहरुको सामान कसरी बेवारिसे हुन्छ । प्रत्येक मालवाहक ट्रकले त्रिभुवन राजमार्गमै रहेको राजस्व कार्यालयको चेकप्वाइन्टमा विलविजकको फोटोकोपी बुझाउनैपर्छ, उनले भने, बिलबिजक नबुझाई ट्रक अगाडि बढ्दैन् ।’
राजस्वका कर्मचारीले प्रहरीले क्ष्ँेत्राधिकार मिचेर मालवाहक ट्रक चेकजा“च गरेको आरोप लगाएका छन् । ‘चोरी पैठारी, न्युन बिजकीकरण लगायतका भन्सार छलीको अनुसन्धान गर्ने निकाय भनेको राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालय हो,’ राजस्व विभागका ती अधिकृत भन्छन्, ‘पछिल्लो समय प्रहरीको मनोमानी बढेको छ, एक त क्ष्ँेत्राधिकार मिचे त्यसमाथि बिलबिजक गायव पारे ।’ एसपी राठौरले विशेष सुराकीको आधारमा चेकजा“च गरिएको बताए ।

भन्सार कार्यालयलाई बुझाउन आएको उक्त ट्रकको प्रतिवेदनमा बिलविजक लगायतका कागजात बारे उल्लेख नभएको प्रश्नमा चितवनका एसपी राठौरले उक्त ट्रक चेकजा“च गर्दा विलविजक थियो, कता गएछ बुझ्दैछु ।’ स्रोतका अनुसार प्रदेश ३ प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरिक्षक वुद्धि चौधरीलाई आएको सूचनाको आधारमा चितवन प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो । ‘ट्रक नियन्त्रणमा लिएपछि सई साहेवले ट्रान्सपोर्ट साहुस“ग कुरा गराउन भने,’ ट्रक चालक आलम भन्छन् । सई चौधरीले पनि सामान चेकजा“च गर्दा बिलबिजक रहेको स्वीकार्छन् । ‘चेकजा“च गर्दा बिलबिजक बमोजिम अदत घटबढ नपाएपछि लोड गराएर म फर्किए,’ फोनमा सई चौधरीले भने, ‘प्रतिवेदन त मुद्दा फा“टले तयार पार्ने हो ।’ ट्रान्सपोर्ट व्यवसायीले प्रतिवेदनमा बिलबिजक नबुझाएर प्रहरीले मनोमानी गरेको गुनासो गरेका छन् ।
न्यून बिजकीकरण भन्सारको क्षेत्र बाहिर रहेकोले प्रहरीले गाडी बुझाउन ल्याएको प्रतिवेदन नै प्रतिवेदन गरे
अनुसन्धानका लागि वीरगन्ज ल्याएको ट्रकलाई वीरगन्ज भन्सार कार्यायले बुझ्न नमानेपछि चितवन प्रहरीले तत्काल प्रतिवेदन परिवर्तन गरेको पाइएको छ । भन्सार स्रोतका अनुसार प्रहरी सहायक निरीक्षक शैलेन्द्र साहले भन्सार मुद्दा शाखालाई मंगलबार विहान बुझाएको प्रतिवेदनमा ना३ख ४३५९ नम्बरको ट्रकमा लोड भएको सामानमा न्युन बिजकीकरणका सामान लोड भएको सूचना आएकोले थप अनुसन्धानका लागि भन्सार कार्यालय बुझाउन लागिएको उल्लेख थियो । भन्सार प्रमुख श्याम भण्डारीले न्युन बिजकीकरण भन्सारको क्ष्ँेत्राधिकार वाहिर भएकाले अनुसन्धान गर्न नमिल्ने बताएपछि प्रतिवेदन फिर्ता गरिएको मुद्दा फा“टका नागेन्द्र यादवले जनाए ।
भन्सारले प्रतिवेदन नलिएपछि असई साहले तत्काल एसपी राठौरलाई जानकारी गराएका थिए । सम्वद्ध स्रोतका अनुसार त्यसपछि एसपी र चितवनका सीडीओले भन्सार प्रमुखलाई फोन गरी ट्रक बुझिलिन आग्रह गरेका थिए । सा“झ करिब ४ बजेको समयमा चितवन प्रहरीले ना३ख ४३५१ नम्बरको ट्रक बेवारिसे अवस्थामा फेला परेको र उक्त ट्रकमा चोरी पैठारीको सामान भएको प्रतिवेदन तयार गरी मुद्दा फा“टमा बुझायो । भन्सार प्रमुख भण्डारीले प्रहरीले नियन्त्रणमा लिइसकेपछि अनुसन्धान गर्ने निकायमा ट्रक बुझाएको बताउ“छन् । ‘प्रक्रियामा गएपछि हकदावीको सूचना जारी हुन्छ,’ उनले भने, ‘व्यापारीले बिलविजक अनुसार दावी हाल्न सक्छन् ।’ ट्रक बुझिलिन चितवनका सीडीओ समेतले फोन गरेको उनले खुलाए । ट्रक नियन्त्रणमा लिएपछि बिलबिजककै अनुसार सामान चेकजा“च गरेको प्रहरीले भन्सारमा बुझाउ“दा बिलबिजक बारे उल्लेख नै नगरेकोमा व्यापारीले असन्तुष्टि पोखेका छन् । ‘अनुसन्धानमा कर छलि भेटिएको भए दण्ड जरिवाना तिर्न तयार छौ“,’ ट्रकमा सामान लोड भएका एक व्यापारीले भने, ‘बिलबिजक र प्रज्ञापनपत्र नै नबुझाएर हामीलाई मार्न खोजिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय