उमेश दुबे
पर्सा, ७ असोज । पर्साको विभिन्न नाकाहरुबाट सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य फस्टाएको छ । नेपाल र भारतको सीमानाहरुबाट पर्सा प्रहरीहरुकै सहयोगमा तस्करी कार्य फस्टाएको हो । नेपाल र भारतको सीमाना नाकाहरुबाट तस्करी कार्य फस्टाए पनि सशस्त्र प्रहरीको माथिल्लो निकायसम्म मौन बस्नु नै रकमी चलखेल रहेको बुझिन्छ । पर्साको अमरपटी, भिष्वा, जानकीटोला, सुवर्णपुर लगायतका ठाउ“हरुबाट तस्करी कार्य फस्टाए पनि सशस्त्र प्रहरीको माथिल्लो निकाय मौन हुनु नै सेटीङ रहेको बुझिन्छ । सीमाना नाकाहरुबाट कपडा, कालो मरिच, मिठा, भाडाकुडा, सुख्खा, चल्ला लगायतको तस्करी फस्टाएको श्रोतको दावी रहेको छ । सिमा सुरक्षा कार्यालय पर्साबाट २ जनाको समूहमा अवैध मालसमानहरु नियन्त्रण गर्नको निम्ति घुमुवा टोली परिचालन गरिएको छ तर उनिहरुको कार्य चाहि आर्थिक कलेक्सन रहेको बुझिन्छ । सिमा सुरक्षा कार्यालय पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेम साहले सशस्त्र प्रहरी सहायक हवलदार प्रमोद बैठाको कमाण्डमा खटाइएको प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार विगत केही बर्षदेखी सशस्त्र प्रहरी सहायक हवलदार बैठा सशस्त्र प्रहरी प्रमुखको बिश्वासिला पात्रको रुपमा चिनिन्छन । सीमाना नाकाहरुबाट के—कसरी कलेक्सन हुने गरेको बारे जानकारी भएको र रकम उठाउदै आएको कारण सशस्त्र प्रहरी उपरीक्षक प्रेम साहको पनि बिश्वासिला पात्र हुन पुगेका हुन । सीमाना नाकाको सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले आफ्नो वर्दीको आडमा सीमाना नाकालाई कमाई खाने भाडो बनाएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खन्नालले सशस्त्र प्रहरीमा घुमुवा परिचालन नगर्न आदेश गरेपनि हालको समयमा सशस्त्र प्रहरी महानिरीक्षक खन्नालको आदेशलाई धज्जि उडाउदै सशस्त्र प्रहरी उपरीक्षक प्रेम साहले घुमुवा परिचालन गरेका छन् । घुमुवाहरुको बिषयमा पटक—पटक समाचार आउदापनि मध्यक्षेत्रिय सशस्त्र प्रहरी कार्यालय पथलैयाका डि.आई.जी. कबिन्द्रमान श्रेष्ठ मौन हुनु ठूलै रकमको चलखेल रहेको प्रस्ट हुन्छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।