उमेश दुबे

बारा, ८ असोज । बाराको महागढीमाई नगरपालिकामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । महागढीमाई नगरपालिका वडा नं. ७ स्थित रहेको खेतवारीमा शव बरामद भएको हो । महागढीमाई नगरपालिका वडा नं. ५ निवासी रामकृष्ण साह कानुको शव बरामद भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार कानुको शव वडा नं. ६ पत्रहटीबाट बरामद भएको र ४५ बर्षिय कानुको मान्सिक अवस्था ठिक नरहेको बताएको छ । आज बिहान करिब साढे ७ बजेको समयमा मृत अवस्थामा बरामद भएको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय