बीरगंज ९ असोज ।
नेपाल भारत खुला सिमा सम्वाद समुह प्रदेश नम्बर २ द्वारा आज वीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले नेपाल र भारतको सम्बन्ध सदिऔ देखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पारिवारिक रहेको हु“दा सिमामा तारबार र परिचयपत्रको कुनै आवश्यकता नरहेको कुरामा जोड दिएका छन् । वक्ताहरुले सिमा क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण गर्न सुरक्षा निकायहरु सचेत भएमा समस्या उत्पन्न नहुने बताउदै दुवै देशका सुरक्षा अधिकारीहरु इमान्दार हुनु पर्ने कुरामा जोड दिएका छन् । नेपाल र भारतका सिमा क्षेत्रका जनताहरु विचको सम्बन्ध कुनै सरकारले बनाई दिएको नभई ऐतिहासिक रुपमा रोटी र बेटीकै सम्बन्धमा आधारित रहेको हु“दा यसलाई तारवार र परिचयपत्रले नछोक्ने बताएका छन् । नेपाल भारत खुला सिमा सम्वाद समुह प्रदेश नम्बर २ का संयोजक राजिव झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजपाका अध्यक्ष मण्डलका सदस्य शिर्ष नेता राजेन्द्र महतो, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, रमेश पटेल, मन्जुर अन्सारी, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, नेपाल भारत सहयोग मञ्चका संयोजक अशोक बैद्य, नेजामुद्दिन समानी, रामतुल्लाह खा“ लगायतको सहभागिता रहेको छ । कार्यक्रमको सहजिकरण नेपाल भारत खुला सिमा सम्वाद समुहका ओम प्रकाश सर्राफले गर्नु भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times