रौतहटको गरुडा नगरपालिकामा शव जलाउन कै लागि दुई समूहबीच झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् । रौतहट गरुडा नगरपालिका ९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले २३ राउण्ड हवाई फायर गर्नुका साथै ३२ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले झण्डै दुई घण्टालगाई स्थिति नियन्त्रण गरेको र झडपमा प्रहरी तर्फका ५ जना गरी अन्य एक दर्जन भन्दा बढी घाइते भएका छन् । झडपमा परि घाइते हुनेमा घाइते हुनेमा छविलाल सहनी, रमेश सहनी, सुरेन्द सहनी, सुनिल सहनी, शम्भु सहनीलगायत अन्य व्यक्तिको गरुडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैगरी प्रहरीतर्फ हवलदार सञ्जयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साहसहित पाँच जना घाइते भएका छन् । यसैगरी प्रहरीतर्फ हवलदार संजयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साहसहित पाँच जना घाइते भएका छन् । उनीहरुको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । गाउँ नजिकै रहेको चाँदी खोलामा पहिला देखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समूहले सो स्थानमा शव नजलाउन भने पछि झडप भएको हो। प्रहरी हस्तक्षेपपछि अहिले अवस्था सामान्य भएको तथा त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक केदार ढकालले बताएका छन्। घटना गराउनमा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि पनि त्यस स्थानमा शव जलाउन कै लागि झड्प हुँदा प्रहरीले हस्तक्षेप गरि स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय