बीरगंज १३ असोज ।
पर्सामा विगत केही महिनाको अन्तरालमा अपराधिक घटनाहरु सार्वजनिक हुने क्रम बढेको छ । खासगरि हत्या, बलात्कार, जबरजस्ति करणी, जबरर्जस्ती करणी उद्योग, आत्महत्या ज्यान मार्ने उद्योग लगायतका अपराधीक घटना बढेको हो । चालुआर्थिक वर्षको दुई महिनामा पर्सामा जबर्जस्ती करणी ८ तथा जबर्जस्ती करणी उद्योगका १ वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानका १२ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै १५ वटा आत्म हत्या र ज्यान सम्बन्धी अन्य १८ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको असार र साउनमा मात्रैे १ सय ४९ वटा मुद्दा दर्ता भएर अनुसंधान भइरहेका छन् । मुद्दा दर्ताको संख्याले विगतको तुलनामा संख्यागत रुपमा बढेको पाइएको छ । गएको वर्षमा पर्सामा जम्मा ८ सय ७५ वटा विभिन्न अपराधको मुद्दा दर्ता भएका थिए । गत वर्ष प्रत्येक महिना औषत ७२ वटा मुद्दा दर्ता भएकोमा अहिले चालु आर्थिक वर्षमा औषतमा ७५ वटा मुद्दा प्रत्येक महिना दर्ता भएका छन् । बीरगन्जमा पछिल्ला केहि दिन यता फेरी सिमावर्ती भारतिय अपराधीहरुको गतिविधी सल्बलाएको पाइएको छ । खुल्ला सिमानाको फाइदा उठाउदै अपराधीले खासगरि चाडपर्वको समयमा अपराध बढी हुने गरेकोले नियमित कार्य संगै विषेश सर्तकता अपनाउने प्रहरीको योजना छ । लुटपाट, अपहरण, धमकी, जबर्जस्ती असुली जस्ता गतिविधी विगत भन्दा केहि कम भएको र समाजिक, घरेलु तथा यौनजन्य हिन्सा न्युनिकरणकोलागि प्रयास भइरहेको .पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । सुरक्षा अवस्था पहिलाको तुलनामा सुधारोन्मुख भएपनि सिमामा भने अझै सतर्कताको आवश्यक्ता रहेको बीरुगन्ज उद्योगवाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले बताउनु भयो । नजिकदै गएको चाडवाडको समयलाई लिइएरपनि प्रहरीले विषेश योजनाका साथ लाग्नु पर्ने केडियाले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times