बीरगंज १५ असोज ।
नजिकिदो चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय र ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंजको भानुचोक स्थित वसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । यात्रु सहायता कक्षको आज एक समारोहका विच पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले उदघाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पौडलले सहायता कक्ष यात्रुहरुका लागी सहयोगी सिद्ध हुने बताउदै बस पार्क जस्तै अन्य सम्बेदनशील क्षेत्रमा समेत यात्री सहायकता कक्ष विस्तार गरिनु पर्न कुरामा जोड दिनुभयो । मुलुककै प्रमुख नाका वीरगंजमा चाडपर्वका बेला यात्रुहरुको भिडभाड हुने र सो क्रममा चोरी डकैती तथा यातायातकर्मीहरुद्वारा कमिशनका लागि यात्रु तानातान गर्ने क्रममा हुने हैरानीको अन्त्य गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनुभयो । चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको ढकालले बताउनुभयो । विशेष गरी चाडपर्वका लागि भनेर भारतबाट रोजागरी गरेर फकर्बेका नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उदघाटन कायक्रममा वीरगंज महानगरपालिकाका प्रशासकिय अधिकृत डा भिष्म कुमार भुषाल, नारायणी यातायात व्यवस्थायी संघका उपाध्यक्ष विनोद मानन्धर, नारायणी यातायात बस व्यवस्थायी संघ पर्साका जगत साह कानु , वडा अध्यक्ष८ राजकिशोर गुप्ता, १५ का श्यामबाबु चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय