राम कुशवाहा
वीरगंज १३ पुस ।
व्यवस्थित वीरगंज अभियान अन्तर्गत आज वीरगंजको घण्टाघर देखी पावरहाउस क्षेत्रको अतिक्रमण हटाइदैछ । जिल्ला प्रहरी कार्यलय पर्सा, वीरगंज महानगरपालिका, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरको सक्रियतामा जारी कार्यक्रम अन्तर्गत घण्टघर पावरहाउस सडक आसपासमा अतिक्रमण गरी राखिएको सवारी साधन, निर्माणसमाग्री, ठेला पसलहरु, होर्डिङर्बोड हटाइएको हो । अभियानमा पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, नगरपालिकाका अधिकृत राज ताम्राकार, ग्रिनसिटीका जयप्रकाश खेतान, वडा प्रहरी कार्यलय श्रीपुरका चक्र बहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक राज कुमार सिंह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय