राम कुशवाहा
वीरगंज १३ पुस ।
व्यवस्थित वीरगंज अभिायानलाई निरन्तरता दिदै आज नेशनल टे«डिङ अगाडी रहेको सार्वजनिक शौचालयको मर्मत सम्भारको काम सम्पन्न गरी प्रयोगमा लयाईएको छ । व्यवस्थित वीरगंज अभियान र रोट्रेक्ट क्लबको आर्थिक सहयोगमा प्रयोगबिहीन रहेको शौचालय सञ्चालनमा ल्याइएको छ । वीरगंज महानगरपालिका वडा न १२ नेशनल ट्रेडिङ अगाडी रहेको शार्वजनिक शौचालय रङरोगन र मर्मत सम्भार गरि आज देखि सञ्चालनमा ल्याइएको हो । विगत लामो समयदेखि प्रयोगबिहीन रहेको शौचालय रोट्रेक्ट क्लबको सम्पुर्ण टिमको आर्थिक सहयोगमा संचालनमा लयाईएको रोट्रेक्ट क्लबका आयुष गुप्ताले बताउनुभयो । शौचालय संगै टासिएको भित्तामा जथाभाभी दिशा पिसाब गर्ने लाई जरिवाना समेत गर्ने चेतनामुलक संदेश लेखिएको र नियमित सरसफाईका लागि एकजना मान्छे पनि राखिएको गुप्ताले बताउनु भयो । शौचालय मर्मत सम्भार तथा सरसफाई गर्नमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, वडा प्रहरी कार्यलय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्ल ,रोट्रेक्ट क्लबका सम्पुर्ण टिम, स्थानिय युवा रेयाज अंसारि लगायतकाले सहयोग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय