बिरगंज ११ मंसिर ।
वडा प्रहरी कार्यालय बिर्ताले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोकमा चोरी पैठारीको चकलेट नियन्त्रणमा लिएको छ।
भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको विभिन्न प्रकारका चकलेटहरू, अनुमानित मुल्य रु. २,०९,००० (दुई लाख नौ हजार), प्रहरीले बरामद गरेको हो। पक्राउ परेका सामानहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको वडा प्रहरी कार्यालय बिर्ताले जानकारी दिएको छ।
यस प्रकारको गैरकानुनी चोरी पैठारी रोक्न प्रहरीले आफ्नो निगरानी कडा बनाएको छ र भन्सार नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कदम चालिने चेतावनी समेत दिएको छ।