राम कुशवाहा
वीरगंज १४ पुस ।
शिक्षकहरुको छाता संगठन शिक्षक महासंघ पर्साको निर्वाचन सम्पन्न भएको छ । बीरगंजको श्रीपुर स्थित विद्यापिठ मा.बि. मा जारी मतदान प्रक्रिया अपराह्न ४ बजे सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत सन्तोष कुमार श्रीवास्तवले जानकारी दिनु भयो । २६ वर्षपछि पर्सामा शिक्षक नेतृत्वको लागि निर्वाचन भएको हो । निर्वाचनमा नेपाल शिक्षक संघ,लोकतान्त्रिक शिक्षक युनियन,मधेशी शिक्षक फोरम नेपाल लोकतान्त्रिक,नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन,संघीय शिक्षक फोरम नेपाल,नेपाल राष्ट्रिय शिक्षक परिषद्,नेपाल शिक्षक मञ्च,नेपाल राष्ट्रिय शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन गरी ९ वटा संस्था चुनावमा भाग लिएका छन् । ३ बर्षे कार्यकालका लागी जारी मतदानमा झण्डै २ हजार ५ शय मतदाता रहेकाछन् । मतगणनामा सबै भन्दा बढि मत पाउनेले अध्यक्षसहित ६ वटा सदस्य पाउने नेपाल शिक्षक महासंघको विधान २०७४ले निर्दिष्ट गरेको छ भने दोस्रो स्थान ल्याउने सस्थाले सचिवसहित ४ सदस्य,तेस्रो हुने शिक्षक संस्थाले सह अध्यक्षसहित सदस्य पाउने व्यवस्था छ । निर्वाचनको मतपरिणामको लागी साझ ५ बजेपछि श्रीपुर विद्यालयपिठ विद्यालयमा मतगणना शुरु हुने कार्यक्रम रहेको निर्वाचन समितीले जनाएको छ । नेपाल सरकारबाट विद्यालयमा कार्यरत परिचर र कर्मचारी बाहेक अनुदान पाइ शिक्षण्सिकाई गराई रहेकालाई शिक्षक तोकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र फोरम नेपाल विशेष रुपमा शिक्षकको चुनावलाई आ–आफ्नो दलगत अस्तित्वसँग जोडेर राजनितीमा उत्रिएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times