राम कुशवाहा
वीरगंज १५ पुस ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सविधान प्रदत्त मौलिक हकको रुपमा रहेको स्वास्थ्यको हक पाउनबाट नेपाली जनताहरु बञ्चित हुन नपरोस भन्ने उद्देश्यले वीरगंज लगायत ७ वटै प्रदेशमा केन्द्रस्तरको अस्प्ताल संचालन गर्ने तयारी गरेको बताउनुभएको छ । संघिय समाजवादी फोरम नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पाटिका अध्यक्ष समेत रहनु भएका स्वास्थ्य मन्त्रि यादवले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्र स्तरको अस्पताल बनाउन आवश्यक प्रक्रिया अघि बढेको र वीरगंजमा जग्गाको खोजी समेत भइरहेको बताउनुभयो । उपप्रधानमन्त्रि यादवले सघिय प्रणालीलाई बलियो बनाउन सरकारले ५६ वटा निती तथा नियम बनाई सकेको बताउदै छिटै ससदमा पेश भई कार्यान्वयनमा आउने जानकारी दिनुभयो । उहाले समृद्ध मुलुक निर्माणका लागी बोलेर भन्दा काम गरेर देखाउनु पर्ने बेला आएको बताउदै मधेशी जनताको माग सम्बोधन गर्न छिट्टै सविधान संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै फोरम अध्यक्ष यादवले पर्सा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा नपरेको खुलासा गर्नुभएको छ । रौनियारको निलम्बनको बिषयमा सभामुखले कुनै पत्र जारी नगरेको बताउदै उहाले सांसद रौनियार मंगलबारदेखी ससद वैठकमा सहभागी हुने दावी गर्नुभयो । फोरम नेपालका जिल्ला अध्यक्ष एवं सांसद प्रदिप यादवको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा प्रदेश नम्बर २ मा मुख्यमन्त्रि लालबाबु राउत, प्रदेश सभा सदस्य जनत अंसारी, करीमा बेगम केन्द्रिय सदस्य सिपु तिवारी, जर्नाधन यादव, शशीकपुर मिया जिल्ला उपाध्यक्ष सुरन्द्र कुर्मीको सहभागीता रहेको थियो । कार्यक्रम संचालन पत्रकार आरके पटेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय