राम कुशवाहा
वीरगंज १५ माघ ।
ई—रिक्सालाई व्यवस्थापन र सवारी रुटको नाममा खुलेका दर्जनौ ई—रिक्सा प्राली संघ समितिले वीरगंज महानगरपालिका भित्र संचालनमा रहेका ई—रिक्साहरु बाट व्यापक रकम असुली गरिरहेको सामाचार प्राप्त भएको छ । वीरगंजको घण्टाघरदेखी नगरको विभिन्न स्थानमा जाने ई—रिक्साहरुलाई संघ—समितिहरुले आफनो अनुकुल रुट निर्धारण गरी मनपरि रकम असुल्दै आईरहेका छन । प्रत्येक अटो रिक्साबाट संघमा दर्ता हुन १ हजार र दैनिक ३० रुपैया देखी ५० रुपैया सम्म टिप सुल्क लिने गरेका छन । पर्सामा रहेका ८ ओटा ई—रिक्सा प्रा.ली.को प्रत्येक समितिमा १५० देखी २०० भन्दा बढि ई—रिक्साहरु दर्ता रहेका छन । ई—रिक्सा संघ समितिले कम्पनी रजिष्टारमा मात्र दर्ता गरी प्यान नंम्बर नलिईकन अवैध तरिकाले रकम असुल्दै आएका छन ।

ई—रिक्सा समितिले सादा बिलमा ५० रुपैयाको टिप सुल्क लिएको रसिद ।


ई—रिक्सा संघ समितिहरुले ‘घण्टाघर देखी मेडिकल कलेज, घण्टाघर देखी मितेरीपुल, बसर्पाक देखी नारायणी अस्पताल, सिडियो अफिस देखी चण्डाल चौक , घण्टाघर देखी रक्सौल (ठुलो टेम्पु),घण्टाघर देखी गण्डक सम्म चल्ने ईरिक्साहरुको आफु खुसी रुट निर्धारण गरेका छन । संघ—समितिमा नआउने ई—रिक्सालाई संघका अध्यक्षहरुले ट्राफिक प्रहरीलाई प्रयोग गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तानेर डर त्रास देखाई पछि संघमा आउनलाई पैसाको बार्गेनिङ गर्ने गरेको अटो रिक्सा चालक सरफुल्लाह मंसुरीले गुनासो गरे । अटो रिक्सा चलाउने प्रसौनी गाउपालिका वडा नं २ का सरफुल्लाह मंसुरीले संघमा आउनलाई ५ हजार रुपैया मांग गरेको गुनासो गर्नु भयो । वीरगंज महानगरपालिका भित्र दुई हजार भन्दा बढि ई—रिक्सा संञ्चालनमा रहेका छन । अनुमति भन्दा बढि ई—रिक्सा संञ्चालनले गर्दा वीरगंजको ट्राफिक व्यवस्थापन अस्त व्यस्त छ । वीरगंज महानगरपालिकाले निर्णय गरेर महानगर भित्र ४८१ ओटा ई—रिक्सा मात्र सञ्चालन गर्न अनुमति दिएपनि लागु भएको छैन ।सम्बन्धित निकायले यस तर्फ ध्यान दिन जरुरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय