राम कुशवाहा
वीरगंज २१ माघ ।
भन्सार छली भारतबाट ट्रकमा ल्याउदै गरेको अवस्थामा प्रहरीले पर्साको ठोरीबाट करिब ३० लाख ५५ हजार मुल्यको समान सहित ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट बिशेष सुचनाको अधारमा खटिएको टोलीले ठोरी गाउँपालिका वडा नं.२मा लु १ ख ३३१० न.को ट्रक चेकजाँच गर्ने क्रममा ३० लाख ५५ हजार ५ सय मुल्य बराबरको समान सहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले ट्रक धनी चितवन माडी न.पा.वडा नं.२ का ४४ वर्षिय ऋषि सुवेदी, ट्रक चालक सोही ठाउका २६ वर्षिय प्रकाश दराई, सहचालक १९ वर्षिय सुजन दराईलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो ।अबैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको अवस्थामा १०५ बोरा धान र कुर्ता सुरुवाल, साडी सर्टिङ्ग सुर्टिङ्गको १९ पोका कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय