राम कुशवाहा
वीरगंज ६ फागुन ।
वीरगंज महानगरको श्रीर्सिया छोटी भन्सार र अलौ नाका बाट व्यापक मात्रामा कपडाको तस्करी भईरहेको खबर प्राप्त भएको छ । छपकैया र अलौको नाका बाट रातीको समयमा जुता, चप्पल, सटिड्ड सुटिड्डको कपडा, मरिच र केराउको व्यापक मात्रामा तस्करी भईरहेको खबर छ । तस्करहरुले सिमावर्ती सहर रक्सौलबाट जुता, चप्पल, सटिड्ड सुटिड्डको कपडा,खरिद गरी रातीको समयमा नाकामा खटेका प्रहरीको मिलोमतोमा नेपाल भित्रियाईरहेको खबर प्राप्त भएको छ । तस्करहरुले छपकैयाका सई नरेन्द्र बहादुर चन्द र अलौ चौकीका असई सिकेन्द्र पाण्डेलाई सो नाका बाट तस्करीको लाईन मिलाउनका लागी लाखौको महिना दिईरहेको श्रोतको दाबी छ । पर्सा जिल्लाको सिमावर्ती ईनर्वा, भकुवा, छपकैया, सिर्सिया, अलौ, अमरपट्टि, सिक्टा भिस्वा, जानकीटोला, बुढगाई, अश्वारी, नाकाहरुबाट प्रहरीहरुकै संरक्षणमा अहिले व्यापक मात्रामा सर्टिङ सुर्टिङको कपडा, मरिच, केराउ, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, कस्मेटिक समानहरुको व्यापक मात्रामा तस्करी भईरहेको श्रोतको दावी छ । नाकामा खटेका प्रहरीले तस्करहरु संग साठगाठगरी तस्करी धन्दालाई निर्वाद रुपमा संचालन गर्न छुट दिएका छन । ग्रामिण नाकामा खटेका प्रहरीहरु त तस्करीको सामानहरु सकर्टिड्ड गरेर गोदाम सम्म पु¥याउने गरेको स्थानियहरुले जानकारी दिएका छन । पर्सा जिल्लामा भईरहेको तस्करीलाई नियन्त्रण गर्न नसकेको माथिलो निकाय पनि तस्करहरुको जालोमा फसेको आशंका हुन थालेको छ । प्रदेश प्रहरीले भन्सार क्षेत्र लगायत सिमावर्ती नाकाहरुमा चोरी पैठारी नियन्त्रण गर्न केही दिन पहिला कडाई गरेपनि हालको दिनमा चुपचाप बस्नुले गम्भिर प्रश्न खडा गरेको छ । प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको लाखौको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी हुनु बिडम्बनाको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय