वीरगंज ८ फागुन ।
पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट अहिले ठुलो मात्रामा कपडाको तस्करी भईरहेको खबर विभिन्न संञ्चार माध्यममा आए पनि सम्बन्धित निकायले यस तर्फ ध्यान नदिनु ठुलै चलखेल हुन सक्ने आशंका गर्न थालिएको छ ।पर्सा जिल्लाको वीरगंज भन्सारको मेनबाटो बाट हुने गरेको तस्करी हालको दिनमा सो क्षेत्रमा खटेका शसस्त्र प्रहरीले कडाई गरेपछि तस्करहरु अहिले ग्रामिण भेगका नाकाहरुबाट तस्करीको माल समानहरु ओसार पोसार गरिरहेका छन ।तस्करहरुले भारतिय सिमावर्ती सहर रक्सौलबाट सर्टिड्ड—सुर्टिड्डका कपडा खरिद गरी वीरगंज महानगरपालिकाको अलौ सगै टासिएको गाउ कोनियाको बाटो हुदै बिहान ४ बजे देखी रातीको ९ बजे सम्म मोटरसाईकलमा राखी प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन ।तस्करहरुले कोनियाको नाकाबाट बिहान देखी राती सम्म एक ट्रक भन्दा बढिको कपडाहरु नेपाल भित्रियाईरहेका छन र सो ट्रक ट्रान्सर्पोट मार्फत नेपालको विभिन्न सहरमा जाने गरेको छ । राजश्व छली गरी लयाईएको कपडा पर्सा जिल्लामा रहेका शाझा ट्रान्सपोर्ट, पाथीभारा ट्रान्सपोर्ट, मा दुर्गा ट्रान्सपोर्ट, जय बजरङ ट्रान्सपोर्ट लगायतका ट्रान्सपोर्टहरुबाट नारायणघाट र काठमाण्डौ पु¥याउने गरिन्छ । कपडाको काम गर्ने बिनोद, जट्टाधारी, हरिन्द्र, सुनिल, तारकेश्वर भन्नेले सो क्षेत्रमा पर्ने शसस्त्र प्रहरी अलौ बेस क्याम्पका प्रहरी निरिक्षक ओम बानियालाई १ लाख पचास हजारको महिनावारी दिई रहेको एक तस्करले नाम नछापने शर्तमा बताए । त्यसैगरी तस्करहरुले अलौ चौकीका ईन्चार्जलाई ३५ हजारको महिना दिईरहेको श्रोतको दावी छ । तस्करहरुले घुमुवा मार्फत जिल्ला प्रहरी कार्यालय पर्साको नाममा लाखौको महिनावारी दिईरहेको विश्वासिलो श्रोतको दावी छ । वीरगंजमा रहेका अवैध माल समान ढुवानी गर्ने ट्रान्सपोर्टहरुबाट समेत पर्सा प्रहरीले घुमुवाहरु मार्फत महिनाको लाखौ रकम लिईरहेको एक पिडित ट्रान्सपोर्ट संचालकले दुखेसो पोखे । पर्सा जिल्लामा भईरहेको तस्करीलाई नियन्त्रण गर्न नसकेको माथिलो निकाय पनि तस्करहरुको जालोमा फसेको आशंका हुन थालेको छ । प्रदेश प्रहरीले भन्सार क्षेत्र लगायत सिमावर्ती नाकाहरुमा चोरी पैठारी नियन्त्रण गर्न केही दिन पहिला कडाई गरेपनि हालको दिनमा चुपचाप बस्नुले गम्भिर प्रश्न खडा गरेको छ । प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको लाखौको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी हुनु बिडम्बनाको विषय बनेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times