राम कुशवाहा
वीरगंज ८ फागुन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट माईस्थान चौकमा खटेका प्रहरी जवान रामसागर साहले चेकजाच“को बहानामा सर्वसाधारणलाई सास्ती दिएको मोटरसाईकल चालकहरुले आरोप लगाएका छन । वीरगंज महानगरपालिकाको माईस्थान चौकमा डयुटी रहेका ट्राफिक प्रहरी जवान रामसागर साहले चेकजाच गर्ने क्रममा आदर्शनगर चौक हुदै वनवेबाटो भएर माईस्थान चौक तिर आईरहेको नेपाली मोटरसाईकललाई कारवाही नगरी छाडेको र भारतिय मोटरसाईकललाई कारवाही गरेको मोटरसाईकल चालकले आरोप लगाएका छन । लाईसेन्स, बुलुबुक, नभएको र बाईकमा अगाडीको नम्बर प्लेट समेत नभएका नेपाली मोटरसाईकललाई बिना कारवाही छाडेपछि माईस्थान चौकका स्थानिय युवाहरुले बिरोध गरेका थिए । वनवेमा गलत बाटो बाट आईरहेको भारतिय मोटरसाईकललाई प्रहरी जवान रामसागर साहले गाडीको साचो खोसेर लाईसेन्स बुलुबुक लिएपछि स्थानिय युवाहरु संग केही बेर तनावको स्थीती सृजना भएको थियो । युवाहरुले भारतिय मोटरसाईकललाई ट्राफिकले दुई चार सय रुपैयाको लागी बिना कारण दुख दिएको आरोप लगाए । वनवेमा गलत बाटो बाट आउने नेपाली वा भारतिय सबै लाई कारवाही हुनुपर्छ ।एउटै गल्तीमा एउटा लाई छाडने अनि एउटा लाई कारवाही गर्ने यो गलत हो भनेर युवाहरुले ट्राफिक प्रहरीको गलत काम कारवहीको बिरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय