वीरगंज १७ फागुन ।
आसन्न नेपाल बार एशोसिएशनको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरुले आज बिरगंजमा पत्रकार सम्म्ेलन तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । डिलए पर्साको आयोजनामा भएको कार्यक्रममा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यबसायि समुहको तर्फबाट अध्यक्षका उम्मेदार सुनिल पोखरेलले आफनो समुहले नेतृत्व केन्द्रित नभइ निति केन्द्रित भएर सबै पेशागत कानुन ब्यबसायिहरुको हकहितको लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । नेपालको न्यायपालिका भ्रष्ट र महगों हुदै गएको अबस्थामा त्यस्को समाधानको लागि आफुहरुले सुचि समेत बनाइसकेको बताउनुभयो । अध्यक्षका उम्मेदार पोखरेलले आफनो समुह ब्यबसायिक संगठन भएकाले सम्पुर्ण बिस्थापित कानुन ब्यबसायिहरुलाइ स्थापित गरि राष्ट्रिय चरित्र निर्माण गर्ने बताउनुभयो। डिलए पर्साका अध्यक्ष राजनाथ ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्षका उम्मेद्वार सुधिर कर्ण लगायत सो समुहका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times