वीरगंज १७ फागुन ।
पर्सा प्रहरीले पटेर्वासुगौली गाउपालिका वडा नं (२, मा अवैध रुपमा संचालन गरेको २५ वटा मदिरा भट्टी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउपालिका वडा नं (२, स्थितबाट अवैध रुपमा संचालन गरेको २५ वटा मदिरा भट्टीबाट घरेलु तयारी मदिरा ५० लिटर र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ४,००० लिटर समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नियन्त्रणमा लिएको अवैध मदिरा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक अनन्त राम शर्माले जानकारी दिनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times