राम कुशवाहा
वीरगंज १९ फाल्गुन ।
नेपालमै प्रथम पटक भईरहेको अश्वमेध गायत्री महायज्ञ आजबाट शुभारम्भ भएको छ । महायज्ञलाइ शुभकामना सन्देश ब्यक्त गर्दै राष्ट्रपति बिद्यादेबि भण्डारीले अश्वमेध महायज्ञले सकरात्मक उर्जा प्रदान गर्ने भएकोले यसले राष्ट्रलाइ उन्नतीको पथमा डोर्याउने बिश्वास गर्नुभएको छ । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महायज्ञबाट प्राप्त उर्जाले सम्रद्ध नेपाल सुखि ंनेपालीको नारालाई स्थापित गराउन महत्वपुर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले उदघाटन गर्ने भनिएको महायज्ञ प्रतिकुल मौसकमका कारण उहाँ आउन नसक्ने भएपछि अखिल बिश्व गायत्री परिवार हरिद्वारका अध्यक्ष डा. प्रणब पाण्डेय र शैलेजा दिदीले सँयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले पठाउनुभएको शुभकामना सन्देश गैर आवासिय नेपालि संघ का संस्थापक सदस्य तथा महायज्ञ आयोजन मुल समितिका अध्यक्ष डा उपेन्द्र महतोले बाचन गर्नुभएको थियो ।
यसअघि घंटाघरबाट निस्किएकोे कलशयात्रामा बिरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगि, उद्योगपति डा उपेन्द्र महतो, अशोक बैध लगायत बिभिन्न क्षेत्रबाट आएका भक्तजनहरुको उल्लेखीय सहभागिता रहेको छ । घण्टाघरबाट सुरु भएको कलशयात्रा आदर्शनगर यज्ञ स्थलमा पुगेर कलश स्थापना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय