राम कुशवाहा
बिरगंज ४ चैत्र ।
प्रदेश नं २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनलले वायु प्रदुशण र ध्वनी प्रदुशण नियन्त्रण गर्न तर्फ सबै यातायात व्यवसायीहरुले ध्यान दिनु पर्ने बताउनुुभएको छ । वीरगंजको छपकैयामा आज बिक्रम टेम्पुको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले वातावरण स्वच्छ बनाउन वायु प्रदुशण र ध्वनी प्रदुशण नियन्त्रण गर्नु आजको आवश्यकता रहेको औल्याउनुभयो । सकुर्टस ईण्डिया लिमिटेडले उत्पादन गरेको तिन पाङग्रे बिक्रम टेम्पु नेपालमा १५ वर्ष पछि आयात गरिएको श्री लक्ष्मी मोर्टस प्रालीका संचालक अरुण कुशवाहाले बताउनुभयो । लक्ष्मी मोर्टसले आयात गरेको ५१० सिसि पावरको टेम्पुको मुल्य ९ लाख ५० हजार र ३५० सिसि पावरको मुल्य ८ लाख १५ हजार रहेको कुशवाहाले बताउनु भयो । कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, राजपाका महासचिव राजेशमान सिंह, राजपा पर्साका जिल्ला अध्यक्ष प्रेम बाबु पटेल, विर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक निसान थापा लगायतको उपस्थीती रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times