वीरगञ्ज, ४ चैत ।
होली पर्व नजिकिएसँगै वीरगंज लगायत पर्सा, बारा, रौतहट जिल्लामा होली मिलन समारोहहरु आयोजना भइरहेका छन् । एक–अर्कामा रंग अबिर दलेर शुभकामना आदान प्रदान गर्ने, रमाइलो गर्ने र मिठा मिठा खानेकुरा खाने पर्व हो होली । तर, कहिलेकाहिँ होलीमा उच्छृंखल गतिविधि हुने गरेका छन् । त्यसैले होलीलाई मर्यादित, सुरक्षित बनाउने उद्देश्यले आज वीरगञ्जमा चेताना मुलक ¥याली निकालिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत निकालिएको जनचेतनामुलक ¥यालीले बीरगंज बजार परिक्रमा गरेको थियो । वीरगञ्जको रोयल पार्टी प्यालेसबाट शुरु भएको ¥याली घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै वीरगञ्ज नगर परिक्रमापछि पुनः रोयल पार्टी प्यालेसमै आएर सभामा परिणत भएको थियो । ¥यालीमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवीहरुको सहभागी रहेको थियो । सहभागिहरुले कुनैपनि व्यक्तिलाई मन्जुरी विना रंग नलगाऔं, सभ्य र शिष्ट व्यवहार गरौं, नशालु पदार्थ सेवन नगरौं, दुर्घटनाबाट बचौं, होली करले होइन, रहरले मनाऔं, होली पर्व सभ्य सुरक्षित बनाऔं जस्ता सचेतनामुलक नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । होली पर्वमा उछृङ्खल गतिविधि नहोस् भन्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदीले सभ्य र भव्य रुपमा होली पर्व मनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले नागरिकले कर्तव्य र जिम्मेवारी बोध गर्दा समस्या नआउने बताउदै होली पर्व मनाउदा कुनै पनि हालतमा एकले अर्कालाई समस्या आउने गरी खेल्न नहुने बताउनु भयो । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जारा, दिलिप राज कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय