वीरगंज, ११ चैत्र । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले रक्तदान सबै भन्दा ठुलो मानवीय कार्यको रुपमा रहेको बताउनु भएको छ ।
संघिय समाजवादी फोरम नेपाल वीरगंज महानगरपालिका वडा नं. १० ईकाई कमिटिद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्दै संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले मनुष्य जिवनलाई सफल बनाउन यदी कुनै कार्य गर्नु छ भने रक्तदान गर्न सुझाव दिए । सांसद यादवले रक्तदान एक व्यक्तिले गर्न सक्ने सबैभन्दा ठुलो मानवीय कार्यहरु मध्ये एक रहेकोले हरेक स्वास्थ्य व्यक्तिलाई रक्तदान गर्न आग्रह गरे । उनले रगतको माग बढि रहेको बेला सृजित रगत आभावलाई पूर्ण गर्न यस्ता रक्तदान कार्यक्रमहरुले सहयोग पुर्याएको बताउदै थप रक्तदान कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको धारणा राख्नु भयो । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादव प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला समनव्य समिति पर्साका अध्यक्ष नेक महम्मद अंसारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । संघीय समाजवादी फोरम नेपाल वीरगंज महानगरपालिका वडा नं. १० ईकाई कमिटिका अध्यक्ष जोगिन्द्र साह कानुको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य प्रमोद साह कानु, समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष एजाज बाबु रांकी, युवा नेता लखन लाल गुप्ता, वासुदेव प्रसाद कलवार, उमेश कुशवाहा, सन्तोषी साह कानु, सलिम अन्सारी, राजबाबु गुप्तालगयातको उपस्थिति रहेको थियो । वीरगंज स्थित घडिअर्वा पोखरीको मूलगेट अगाडि शोमबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ६ महिला सहित ७१ व्यक्तिले रक्तदान गरेको वीरगंज रक्त संचार केन्द्रले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times