राम कुशवाहा
वीरगंज १६ चैत्र ।
पर्सा प्रहरीले अवैध लागु औषध चरेस सहित एकजना भारतियलाई पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नं १५ बसपार्क बाट २४ किलो चरेस सहित एकजनालाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी बसर्पाकका प्रहरी नायव निरिक्षक बैजनाथ दासको कमाण्डमा खटेको टोलीले बसर्पाक स्थित नेपाल बाट भारत तर्फ पैदल हिडि जादै गरेका भारतको कलकत्ता सिविरपुर वडा नं २७ का सहनवाद अब्दुल माथी शंका लागी चेकजाच गर्ने क्रममा २४ किलो चरेस फेला परेपछि, चरेस सहित निजलाई नियन्त्रणमा लिएको वसर्पाक चौकीका ईन्चार्ज सई बैजनाथ दासले जानकारी दिनु भयो ।

चरेस सहित पक्राउ परेका सहनवाद अब्दुललाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय