बीरगंज १८ चैत्र ।
आधि हुरी सहित आएको असिना पानिले अहिले सम्म बारा पर्सामा ३१ जना भन्दा बढीको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले आधिहुरी सहित आएको असिना पानिले बाराको बिभिन्न गाँउपालिका तथा नगरपालिकामा गरि २८ जनाको मृत्यु भएको तथा ४ सय भन्दा बढि घाइते भएको जानकारी दिनुभयो । त्यसैगरी पर्सामा १ जनाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

हावा हुरीका कारण बिजुलीको पोल, रुख ईत्यादी ढलेर बाटोघाटो अवरुद्ध भएको छ भने घर भत्किदा तथा बीरगंज पथलैया सडक खण्डअन्र्तगत परवानिपुरमा दर्जनौ सवारी साधन पल्टिदा भएको घटनामा परि मृत्यु भएकाहरुको शव बिभिन्न अस्पतालमा राखिएको छ भने बीरगंजको नारायणी अस्पताल सहित नेशनल मेडिकल कलेज, गण्डक अस्पताल, बीरगंज हेल्थ केयर लगायतका १ दर्जन अस्पताल तथा क्लीनकहरुमा ४ सय भन्दा बढि बारा पर्साका घाइतेहरुको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी भट्राइले बताउनुभयो ।

यसैबिच नेपाली सेनाको स्काई ट्रक विमान हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौं पुगेको छ । भर्खरै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सेनाको स्काई ट्रक अवतरण भएको हो ।यसैबिच नेशनल मेडिकल कलेजमा उपचार गराई रहेका हावाहुरीमा परि घाईते भएकाहरुको उपचार निशुल्क गर्नुका साथै त्यस्ता घाईतेहरुको खाना तथा औषधि समेत निशुल्क गरिएको कलेजका प्रबन्ध निर्देशक बसिरुद्दिन अंसारीले बताउनु भएको छ । हावाहुरीबाट मृत्यु हुनेहरुमा प्राप्त बिवरणहरुमा वीरगज महानगरपालिका १८ निवासी २० बर्षीय सरोज राम रहेको पर्सा प्रहरीले जनाएको छ भने बारा प्रहरीका अनुसार बारा प्रसौनी गाउपालिका ४ निवासी ४५ बर्षीय अच्छेलाल माझी महागढीमाई नगरपालिका ७ तेलगाई निवासी ५५ बर्षीय कोईली देवी यादव, भलुही भरवलीया १ का ६ बर्षीय बालक नन्दलाल पटेल, ५५ बर्षीय हरिनरायण दास, मनोरमा देवी, रुवी देवी को बिवरण खुलेको छ भने थप बिबरण आउन बाकी रहेको छ ।

सबैको ध्यान उद्धार मै केन्द्रित भएकोले मृतक तथा घाईतेहरुको बिवरण संकलनमा ढिलाई भएको हो । बेलुकी सम्म सबै बिवरणहरु आउने बताईएको छ । यसैगरि बाराको फेटा गाउँपालिका ६ पुरइनियाँमा सबैभन्दा बढि क्षति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारि पौडेलका अनुसार सो गाउँमा एकै परिवारका ४ जनासहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इजहार मिया अंसारीकी श्रीमती मीना खातुन, बुहारी सतिमा खातुन र उनका दुई नातीनी सम्चिदा खातुन र रुक्सार खातुनको रहेका छन। ।

यस गाउँमा अहिले सुरक्षाकर्मीहरु भग्नावशेष पन्छाइरहेका छन् ।बाराको भरवलिया टोलमा मात्रै झण्डै ५० भन्दा बढि घरहरु भत्किदा १ सय ५० भन्दा बढि घाइते भएको र बाराकै धर्मनगरमा इट्टाभट्टाको चिम्नी खस्दा घट्नास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रातभरी उद्धार कार्य जारी रहेको र नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना सहित सुरक्षा निकायका तिनवटै अंग परिचालन गरिएको तथा स्थानियबासिन्दा, जनप्रतिनिधिहरुको सहयोगमा घाइतेहरुलाइ अस्पताल ल्याउने कार्य भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्राइले बताउनुभयो ।

सडकमा रुख तथा बिद्युतका पोल ढलेर अवरुद्ध भएको छ भने घट्नापछि लाइन काटिएको र अँध्यारोमा उद्धार गर्न समेत कठिनाइ भएको थियो।

त्यसैगरि हावा हुरीको कारण वीरगज पथलैया औधोगीक कोरीडोरमा आरवौको क्षती भएको छ । लिपनीमाल बारामा रहेको नारायणी रिफाईनरी ईन्डस्ट्रीज , त्रिशाक्तिी उधोग छाना उडाउनको साथै उधोग परिर भित्र रहेका करोडा्र मुल्यका मेसिनरी पार्टपुर्जामा समेत क्षती पुगेको छ ।

हावाहरीसहितको पानीलेृ उधोगको गोदाजमा रहेको सम्पुर्ण समान नष्ट भएको चाचान ग्रुपका संचालक निखील चाचानले बताउनु भयो । यसै सो क्षेत्रका झन्र्डै दुई दर्जनभन्दा बढी उधोगहरुमा हुरी बतासले अरवौको क्षती पुगेको अनुमान गरिएको छ र क्षतीको पुर्ण बिबरण आउन बाकी रहेको छ ।






प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय