बारा २१ चैत्र ।
हावाहुरीका कारण घरबार गुमाएका बाराको फेटा गाउँपालिका ६ का पीडित परिवारलाई जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २३ ले आज राहत सामग्री उपलब्ध गराएको छ । पीडितहरुको घरघरमै पुगेर वडा कार्यालयले राहत सामाग्री हस्तान्तरण गरेको हो । वडा अध्यक्ष अस्लम देवानको नेतृत्वमा पुगेको टोलीले दाल, चामल, विस्कुट, चाउचाउ जस्ता खाद्यान्न सामाग्री तथा टेण्ट एवं कपडाहरु वितरण गरेको हो ।यस्तै लामाे समयदेखि समाज सेवामा सहयोग गर्दै अाएका चितवनकाे भण्डारा घर भई हाल काठमाडौ बसाेबास गर्दै अाएका समाजसेवि मान्ट एभरेष्ट (8848 m) ट्रेकिङ गियर प्रा.लि.का संचालक होमनाथ सेढाई , सीता कुमारी सेढाई ,मन्जु सेढाईले ५ लाख मुल्य बराबरको राहत सामाग्री पनि प्रदान गर्नुभएको थियो ।
राहत सामाग्री प्रभावित गाउँमा लगे पनि वितरण प्रभावकारी नदेखेपछि वडा कार्यालयले आफै घरघरमा पुगेर फेटा गाउँपालिका वडा नं.१ र ६ पुरैनिया टाेलमा राहत हस्तान्तरण गरेको वडा अध्यक्ष देवानले बताउनुभयो । कार्यक्रममा वडा सचिव संजय महताे ,रहिम मंसरी ,मुस्ताक अालम मंसुर , जितेन्द्र गुप्ता ,संचारकर्मी अाबिद हुसेन लगाएत युवाहरूकाे उपस्थिति रहेकाे थियाे ।फेटा ६ हावाहुरीले बढी प्रभावित क्षेत्र हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times