पर्सा, २५ चैत्र / प्रहरीकै सहयोगमा पर्साको भिस्वा नाका हुँदै खोलिएको मरिच, केराउ, लत्ताकपडा, भाडाकुडाबाट रकम उठाउनको निम्ति तरकारी बजार सन्चालक अशोक बर्णवाललाइ खटाइएको खबर प्राप्त भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका माथिल्ला निकायलाइ नजराना बुझाउनको निम्ति तरकारी बजार सन्चालकलाई खटाइएको हो ।
भिस्वा लगायत पर्साको विभिन्न नाकाबाट हुने तस्करी बापत रकम उठाउनको निम्ति बर्णवालको साथमा एक जना सशस्त्र प्रहरी जवानलाइ खटाइएको छ । बर्णवाल आफ्नो माध्यमले तस्करहरूबाट रकम उठाउने र माथिल्ला निकाय समक्ष पुर्याउने गरेको बताइएको छ । केही दिन अगाडि बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक चुनराज थापाले बर्णवाललाई नाकाको लाइन मिलाउनको निम्ति प्रदेश नम्बर २ बाहिणी बर्दिवासमा समेत भेट चढाउन पठाएको चर्चा बजारमा सुन्न पाइरहेको छ ।
बर्णवाल बर्दिवास पुगेपनी सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठले कार्यालय भित्रबाट लखेटेको समेत चर्चा सुन्न पाइरहेको छ । सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खन्नाललाई दाइ भनेर सम्बबोध गर्दै आएका बर्णवाल भिस्वाबाट आइजिपिकै नामले लाइन चलाएको बुझिन्छ । आइजिपी खन्नाल एउटा असल र इमन्दार छबिको आइजिपी रहेपनी वहाको नामको फुर्ती हेराउदै भिस्वा नाकाबाट तस्करी गराउन छुट गराएको एक जना प्रहरी श्रोतले बताएको छ ।
भिस्वा नाकाबाट हालको समयमा मरिच, केराउ, भाडाकुडा, कपडा, कवाड लगायतको तस्करी तिब्र रूपले बढेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा खुलेको तस्करीलाई सशस्त्र प्रहरीले स्कटिङ समेत गरिरहेको भन्डाफोर भएको छ । आइतबार राती कारीब ९ बजेको समयमा सशस्त्र प्रहरीकै सकटिङ्ग्मा २ टन मरिच भारतको सिकटा पुगेको स्थानियले बताएका छन । यस बिषयमा माथिल्लो निकायले ध्यान नदिनु बिडम्बनाको बिषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय