बिरगंज २८ चैत्र ।
हावाहुरीबाट प्रभावित परिवारका बालबालिकालाई हेल्पिङ युथ क्लब अफ वीरगंजले कपडा उपलब्ध गराएको छ ।
बाराको फेटा गाउँपालिका वडा नम्वर १ र कलैया उपमहानगरपालिका वडा नम्वर ७ का १५० परिवारका बालबालिकाका लागि क्लबले कपडा उपलब्ध गराएको हो । जितपुर सिमरा उप महानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष असलम देवान र हाेमराज सेढाईले राहत सामाग्री प्रदान गर्नुभएको थियो ।बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीले झण्डै एक हजार घर पूर्ण रुपमा ध्वस्त गराउनुका साथै १३ सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
विचल्लीमा परेका परिवारका साना बालबालिकाको अर्को कपडा नहुँदा उनीहरु समस्यामा थिए । क्लबले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै कपडा सहयोग गरेको क्लबका अध्यक्ष आविद हुसेनले जानकारी दिनुभयो ।
स्थानीय प्रशासनको सहकार्यमा पीडितको घरघरमै पुगेर कपडा वितरण गरेको उहाँले बताउनुभयो ।
राहत वितरणमा सचिव इरफान अन्सारी, जाविर हुसेन, समिर हवारी लगायतको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times