![](https://themadheshtimes.com/wp-content/uploads/2019/04/Untitled-1-copy-2.jpg)
वीरगंज ९ बैशाख ।
रोट्रेक्ट क्लब अफ वीरगंजले आज एक कार्यक्रमका बिच मानव सेवा आश्रममा १५ हजारको लता कपडा तथा खाद्यान्य सामाग्री वितरण गरेको छ । वीरगंज महानगरपालिका वडा नं ११ मा रहेको मानव सेवा आश्रमका लक्ष्मी नारायणहरुका लागी रोटे«क्ट क्लब अफ वीरगंजले सेनेटरी प्याड, साबुन, ओडोमल, टुथ पेस्ट, ब्रस, वाईवाई चाउचाउ, खाने तेल, तथा लता कपडा वीतरण गरिएको रोटे«क्ट क्लब अफ वीरगंजका आयुष गुप्ताले जानकारी दिनुभयो । त्यसै गरी रोट्रेक्ट क्लब अफ वीरगंजले गण्डक बहुअरी र परवानीपुरका डोम बस्तीहरुमा बेलेन्केट, लता कपडा वितरण गरेको छ । गण्डक बहुअरी र परवानीपुरमा रहेको डोम बस्तीका लगभग ३० ओटा घर परिवारमा झुल, बेलेन्केट, लता कपडा, तथा खाद्यन्य सामाग्री वितरण गरिएको रोटे«क्ट आयुष गुप्ताले बताए । सो अवसरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्ल, रोट्रेक्ट क्लब अफ वीरगंजका आयुष गुप्ता, रवि प्रकाश पण्डित, रेयाज अन्सारी लगायतको उपस्थीती रहेको थियो ।