बिरगंज ११ बैशाख ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि अस्पतालमा कार्यरत चिकित्सक राकेश साहले दुव्र्यवहार गरेका छन् ।
अस्पतालमा भएको अनियमितताका बारेमा छानविन गर्न आएको अख्तियरा दूरुपयोग अनुसन्धान आयोगको टोलीसँगै समाचार संकलनमा पुगेका सगरमाथा टेलिभिजनका आविद हुसेन र न्युज २४ टेलिभिजनका इरफान अलीमाथी चिकित्स साहले दुव्र्यवहार गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट छानविनका लागि पुगेको टोलीको दृश्य लिन खोज्दा अस्पतालमा कार्यरत चिकित्सक साहले दृश्य लिन रोक्कै क्यामेरा खोस्ने प्रयास गरेका थिए ।
सञ्चारकर्मीमाथि अभद्र शब्द प्रयोग गर्दै हातपातमै उत्रिएपछि त्याहाँ पुगेका सबै सञ्चारकर्मीले विरोध जनाएका थिए ।
अख्तियारको टोलीसँग अस्पतालको विषयमा प्रतिक्रिया लिइरहेका बेला चिकित्सक साह पुगेर न्युज २४ मा कार्यरत पत्रकार इरफान अलीको क्यामेरा खोस्ने प्रयास गरेका थिए ।
साहलाई क्यामेरा खोस्न रोक्न खोजेका अर्का पत्रकार सगरमाथा टेलिभिजनका आविद हुसेनमाथि चिकित्सकले हातपात गर्न खोजेको प्रत्यक्षदर्शीले बताएका छन् ।
समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुव्र्यवहार गर्ने चिकित्सकलाई कारवाही गर्न पर्सेली पत्रकारहरुले माग गरेका छन् ।
चिकित्सक साहले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई व्यक्तिगत फाइदाका लागि निजी अस्पताल तर्फ रिफर गर्ने गरेको अस्पतालमा कार्यरत चिकित्सकहरु नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय