
वीरगन्ज बैशाख २२ ।
नेपालीय भोजपुरीका ‘पितामह’ भनिने अग्रज साहित्यकार पण्डित दीपनारायण मिश्रको बृहद श्रधाञ्जली सभा हुने भएको छ । वीरगन्जको मुर्ली बैगैचामा स्तम्भकार चन्द्रकिशोरको अध्यक्षतामा बसेको बैठकले आउदो बैशाख २८ गते शनिवारका दिन स्वर्गिय मिश्रको श्रधाञ्जलीसभा आयोजन गर्ने निर्णय भएको छ । बिहीवार राति १० बजेर ३८ मिनेटमा वीरगन्ज रेशमटोलस्थित आफ्नै निवासमा ८४ बर्षको उमेरमा उनको निधन भएको थियो ।
बैठकमा एक मिनेट मौन धारण गरेर बैठक अगाडी बढाइएको थियो । बैठकमा बिभिन्न कार्यको लागि जिम्मेवारी बाँडफाँड भएको छ । बैठक में नेपाल भोजपुरी समाज, नेपाल हिन्दी साहित्य परिषद, भोजपुरी टाइम्स दैनिक पत्रिका, संस्कृति, सहयोगी नेपाल, आप्पन वीरगन्ज मेडिया ग्रुप, सजक लगायत संस्थाको प्रतिनिधिगणको उपस्थिती थियो । मिश्राले नयाँ पुस्तालाई अगाडी बढाउन २०२९ सालमा नेपाल भोजपुरी समाज र त्यसपछि वाङ्गमय प्रतिष्ठान र नेपाल हिन्दी साहित्य परिषद जस्ता संस्थाहरु स्थापीत गर्नु भएको थियो । बैठकका सहभागिले मिश्रलाई ‘नेपालीय भोजपुरीका जग निर्माता’ भनेर स्मरण गरे ।
मिश्राले पञ्चायति ब्यवस्थामा नेपाली भाषामा समेत पत्रपत्रिका निकाल्न समस्याको सामना गर्नुपर्ने कठिन बेलामा मिश्राले आफु सम्पादक भई भोजपुरी भाषामा ‘सामाद’ भन्ने पत्रिका निकाले । यसबापत उनी जेल समेत बस्नु पर्यो । अवकास प्राप्त शिक्षक रहेका उनी आर्थिक अभावमा जीवन निर्वाह गरिरह्दा पनि अनवरत भोजपुरीको सेवामा लागिरहे । मिश्रले दर्जनबढी कृतिहरु भोजपुरी लेखेका छन । जसमध्ये अजामिल भोजपुरी खण्डकाब्य, दोहा नीति सार, फुलझरी, अजुरी के फुल, ससुरार लगायत कबितासंग्रह र करनीभरनी कथासंग्रह प्रमुख छन् ।