बीरगंज २७ बैशाख ।
सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि आजसाँझबाट तीन दिन सम्मको लागि सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि आजदेखि २९ गतेसम्म अर्थात मे १२ तारिख सम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द रहनेछ ।तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द रहनेछ ।भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द रहने पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ ।त्यसैगरी सीमावर्ती शहरमा प्रशारणमा रहेका मिडियालाई मौन अवधिमा प्रचार प्रसार नगरिदिन पनि भारतीय पक्षले पत्र मार्फत आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो।बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । भारतीय राजनीतिमा बिहारले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किनकी लोक सभाको ५ सय ४३ सदस्यमध्ये ४० जना यहीबाट चुनिने गरेका छन् ।पटना राजधानी शहर भएको बिहारको उत्तरमा नेपाल, पूर्वमा भारतकै पश्चिम वंगाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्य पर्छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times