
राम कुशवाहा
वीरगंज ३१ बैशाख ।
वीरगंज भन्सार शसस्त्र प्रहरी राजश्व गस्ती टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । शसस्त्र प्रहरीले बिशेष सुराकीको आधारमा वीरगंज महानगरपालिका वडा नं १६ भन्सार क्षेत्रबाट ९६ पिस ओनेरेक्स सहित एकजनालाई पक्राउ गरेको हो । रक्सौल बाट वीरगंज तर्फ आईरहेको ना ११ प २६१८ नम्बरको मोटरसाईकललाई चेकजाच“को क्रममा लागु औषध ‘ओनेरेक्स’ ९६ पिस सहित एकजनालाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी नायव निरिक्षक प्रकाश ठकुरीले जानकारी दिनु भयो । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उप—महानगरपालिका ९ बस्ने अग्नी सुवेदी रहेको शसस्त्र प्रहरी नायव निरिक्षक प्रकाश ठकुरीले जानकारी दिनु भयो । लागु औषध सहित पक्राउ परेका अग्नी सुवेदीलाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको शसस्त्र प्रहरी नायव निरिक्षक प्रकाश ठकुरीले जानकारी दिनु भयो ।शसस्त्र प्रहरी वीरगंज भन्सर राजश्व गस्ती टोलीले लागु औषध कारोवारीहरु माथी विषेश निगरानी गरे पछि लागु औषध कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन ।