वीरगंज, जेठ ११ – पर्साको जिराभवानी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोलामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उत्साह जनक रुपमा गाउँपालिकाका जनताहरु सहभागीता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण लागयतका क्षेत्रमा गरेको कामहरुको बिषयमा आम सर्वसधारणले उठाएका सवालहरुको गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँपालकाका कार्यकारी अध्यक्षले जवाफ दिएका थिए ।

कार्यक्रमको संयोजन संस्था सहयोगी नेपालका तबरेज अहमदले गाउँपालिकामै पुगरेको गरेको नमुना सर्वेक्षण प्रस्तुत गर्दै गाउँपालिकाको कार्य सम्पादन बारे जानकारी गराएका थिए । वडा नं. ३ का अध्यक्ष उमेश कुमार सिंहको अध्यक्षता तथा गाउपालिका अध्यक्ष रामप्रति महतो प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जनताले उठाएका प्रश्नको जवाफ गाउँपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले जनतालाई प्रष्ट हुने गरी दिएका थिए ।

जनताहरुले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा रहेको बेथिती वारे जोडदार अवाज उठाएका थिए ।
गाउँपालिकाका अध्यक्ष महतो तथा प्रमुख प्रशासकिय अधिकृत गिरीले गाउँपालिकाको तर्फबाट भएको कमि कमजोरीहरुलाई अगामि दिनमा सच्याउँदै लाग्नका साथै गाउँपालिकाको तर्फबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाईने बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गिरिले बिकास निर्माणको कार्यको अनुगम चुस्तदुरुस्त बनाउँने प्रतिबधता समेत गर्नु भयो । आम सर्वसधारणले उठाएका प्रश्नको उतर गाउपालिका अध्यक्ष रामप्रति महतो, उपाध्यक्ष उषा देबी थरुनी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडाअध्यक्ष शेख नुमान, महादेव महतो लगायतले दिएका थिए भने कार्यक्रमको सहजिकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय