राम कुशवाहा
वीरगंज २० जेठ ।
पर्सा जिल्लामा संस्थागत रुपमा भईरहेको तस्करीमा प्रदेश प्रहरी कार्यालयले कडाई गरेपछि तस्करी धन्दा केही हद सम्म ठप्प भएको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका अन्तरगत वीरगंज भन्सारको मुख्य नाका, ईनर्वा, छपकैया, भकुवा, श्रीर्सिया नाकाहरुबाट दिनहु मरिच, केराउ, कपडाको तस्करी भईरहेको सुचना पाएपछि प्रदेश प्रहरी कार्यालयबाट खटेको टोलीले वीरगंजको विभिन्न ठाउ बाट तस्करीका माल समानहरु बरामद गरेपछि संस्थागत रुपमा तस्करी भईरहेको प्रमाणित गरेको हो ।२ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले सिमा नाकाबाट हुने गरेको चोरी पैठारी पुर्ण रुपमा नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरिक्षक संतोष खडकाको नेतृत्वमा टोली पठाएपछि तस्करहरुमा खैलाबैला मचेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरिक्षक सन्तोष खडकाको नेतृत्वमा खटेको टोलीले वीरगंजको ईनर्वा गाउका आरिफ आलमको घर बाट सुरेन्द्र साह भन्ने व्यापारीको अवैध रुपमा भारतबाट ल्याएको १२ लाखको सर्टिड्ड सुर्टिड्ड र थानको कपडा बरामद गरेका थिए । प्रदेशबाट आएको टोलीले रातीको २ बजे वीरगंज महानगरपालिकाको ठाकुरराम बहुमुखी क्याम्पसको पछाडी बाट भारतिय मोटर साईकलमा ८ बोरा २०० किलो ग्राम मरिच लोड गरी भारत तर्फ गईरहेको अवस्थामा नियन्त्रणमा लिईएका थिए । त्यसैगरी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा पर्सा जिल्लाको अलौ बाट छापामारी गरी २०६ बोरा केराउ बरामद गरेको थियो । प्रदेश प्रहरीको टोलीले सोमबार वीरगंज महानगरपालिकाको नारायणी अस्पताल नजिक बाट विलविजक भन्दा बढि भएको १०५ बोरा मरिच सोमबार पक्राउ गरी वडा प्रहरी कार्यालय विर्तामा बुझाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयले पर्सा जिल्लाबाट संस्थागत रुपमा भईरहेको तस्करीमा केही प्रहरीहरुको संलग्नता देखेपछि केही दिन पहिला एसटिएफमा कार्यरत प्रहरी हवल्दार दिलिप सिंहलाई निलम्बन गरेको थियो भने, प्रहरी चौकी भकुवा र प्रहरी चौकी ईनर्वा गाउका प्रहरी सहायक निरिक्षक द्धयलाई प्रदेशमा झिकाएको प्रदेश प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिनु भयो । पर्सामा भईरहेको संस्थागत तस्करीमा प्रदेश प्रहरीले सिमानाकाहरुमा निगरानी साथसाथै अवैध सामान ओसार पोसारको क्रममा २ जना तस्करलाई अवैध माल समान सहित पक्राउगरी कार्यवाही गरेपछि तस्करहरुमा हडकम्प मचेको छ, र पर्सा जिल्लाबाट संस्थागत रुपमा भईरहेको तस्करी अहिले ठप्प भएको छ । पर्सा जिल्ला बाट भईरहेको तस्करीमा प्रदेश प्रहरीको निरन्तर निगरानी रहने र अवैध गतिबिधि र अपराधिक गतिविधि गर्ने लाई कडा भन्दा कडा कार्यवाही गर्ने प्रदेश प्रहरी प्रमुख डिआईजी हरी बहादुर पालले बताए । साथै डिआईजी हरी बहादुर पालले तस्कर र अपराधीलाई कहिले छोडिदैन र स्टेप लिदै जिल्लाहरुलाई कडा निर्देशन दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय