वीरगन्ज ।
नेपाल सोनार समाज पर्साले आफनो समाजिक उत्तरदायित्व पुरा गर्दै नारायणी अस्पतालमा उपचार्थ विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

अस्पतालमा भर्नारत करिब एकसय पचास जना विरामीहरुलाई बुधबार समाजले फलफुल वितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा बोल्दै समाजका पर्सा जिल्ला अध्यक्ष भुलन सर्राफले समाजिक कार्यलाई अगाडी बढाउँन अस्पतालमा भर्नारत विरामीहरुलाई फलफुल तथा मिनरल वाटर (पानी) वितरण गरेको बताए ।

उनले भने, समाजका अगुवाहरु आफनो समाजिक उत्तरदायित्व निर्वाह गर्नको लागि शुरुवाती चरणमा अस्पतालमा भर्नारत विरामीहरुलाई फलफुल वितरण गरी शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन ।

समाजमा पिछिडिएर हरेको क्षेत्रमा सोनार समाजले अग्रणी भुमिका निर्वाह गर्न पछि नहट्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष सर्राफले भने, अगामी दिनमा पनि समाजमा अति विपन्न र पिछिडिएका व्यक्तिहरुको उत्थानमा लागि पर्ने छौ ।

फलफुल वितरण कार्यक्रममा समाजका अगुवा प्रोफेसर प्रमोद गुप्ता सर्राफ, बच्चा सर्राफ, मोहनलाल सर्राफ, ओम प्रकाश सर्राफ, सुनचादी व्यवसायी संघ पर्साका अध्यक्ष निरज सर्राफ, समाजका सचिव प्रवेश सर्राफ, नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती एवं समाजका अगुवा विजय सर्राफ, वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकारको सहभागिता रहेको थियो ।

त्यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, समाजका सदस्य हृदयनारायण सर्राफ, प्रमोद सर्राफ, जलेश्वर सर्राफ, लक्ष्मण साह, रामनरेश प्रसाद, चन्द्रभुषण साह, अनिल सर्राफ, राजकुमार सर्राफ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान्त थापा, काग्रेस पर्साकी महिला नेतृ राधा कार्की लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय