वीरगञ्ज,२९ जेष्ठ ।
समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले पर्साको मालपोत कार्यालयमा अविलम्ब कर्मचारी पुर्ती गर्न मांग गर्नु भएको छ ।
बुधवार संसदमा बोल्दै सांसद यादवले पर्सा मालपोत कार्यालय कर्मचारी विहिन अवस्थामा रहेको जानकारी गराउदै तत्काल कर्मचारी पुर्ती गर्न सभामुख मार्फत भुमीसुधार तथा व्यवस्था मन्त्रीलाई आग्रह गर्नु भयो । पर्साको विभिन्न गाउ ठाउ टाढा टाढाबाट आउने सेवाग्राहीहरुले मालपोत कार्यालयमा कर्मचारी अभावमा काम विनानै फर्किनु पर्ने अवस्था बारे अवगत गराउदै अविलम्ब कर्मचारी पुर्ती गर्न भुमी सुधार तथा व्यवस्था मन्त्रीलाई सांसद यादवले आग्रह गर्नु भयो । ५२ जना कर्मचारीको दरवन्दी रहेको मालपोतमा १ जना प्रमुख अधिकृत र ४ जना अधिकृतको दरवन्दी रहे पनि अहिले १ जना पनि अधिकृत छैनन सांसद यादवले गुनासो गरे । पहिला पहिला पर्सा जिल्ला मालपोत कार्यालयमा कर्मचारी आउनु अगाडी खसी बोका काटेर आउथे अहिले अख्तियारको डरले कर्मचारीहरु यहाँ आउनै मान्दैनन त्यसकारण सरकारले जनताको पिर मर्का बुझेर यथासिघ्र कर्मचारीको व्यवस्था गर्न आग्रह गर्नु भयो । विभिन्न काम लिएर दैनिक हजारौको संख्यामा आउने आम नागरिकले कर्मचारी विहिन अवस्थामा कुनै काम नभएर फर्किनु पर्ने अवस्थालाई लिएर संघिय सरकारप्रति आक्रोस र स्थानीय सांसदलाई समेत गाली गर्न कुनै कसर बाकी राख्दैनन त्यसकारण भुमी सुधार व्यवस्था मन्त्रीले यहाको जनताको समस्या तत्काल समाधान गर्न कर्मचारी पठाउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय