बीरगंज १९ असार ।
राजस्व चुहावट तथा टेलिभिजन च्यानल बाइपास गरेको आरोपमा हाम्रो टेलिभिजनको बीरगंजको लिंक रोड घण्टा घर स्थित कार्यालयमा स्थानिय प्रशासनले छापामारी मारेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको टोलीमा आन्तरिक राजस्व कार्यालय, नेपाल दुरसञ्चार, नेपाल प्रहरी र जिल्ला हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । टोलीले एचडी डिजिटल इन्टरनेट हाम्रो टिभीको लिड्ढरोडस्थित कार्यालयमा छापामारी गरी रिचार्ज कार्ड, सेटअप बक्स, विभिन्न उपकरण र कागजातसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक विजय चौरसिया, युवराज भट्टराई लगायतका रहेका छन । प्राप्त जानकारी अनुसार हाम्रो टिभीले विभिन्न टिभीहरूको लिड्ढ चोरी गरी केबुलमार्पmत घरघरमा पु¥याउँदै आएको थियो । अहिलेको डिजिटल जमानामा एउटा सेटअप बक्सको कार्ड अर्कोमा प्रयोग नहुने तर हाम्रो टिभीको केबलमा जुन पनि कार्ड लाग्ने तर रिचार्ज पनि गर्न नपर्र्ने थाहा पाएपछि संयुक्त टोलीले छापामारी गरेको हो । सो कार्य गरेबापत हाम्रो टिभीले राज्यको लाखौं राजस्व चुहावट गरेको जिल्ला प्रशासनका प्रतिनिधि भानु बरालले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times