बीरगंज १९ असार ।
भारतीय गाडीलाई ग्रामिण भेगमा छुट दिनु पर्ने वा इन्ट्रीको लागि छोटी भन्सार वा ग्रामिण नाकामा व्यवस्था मिलाउनु पर्ने माग राख्दै नेपाली काँग्रेस पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेस क्षेत्रीय कमिटि क्षेत्र नम्बर ४ ले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भटराईलाई बुझाएको ज्ञापन पत्रमा पछिल्लो समय पर्सा जिल्लामा प्र्रहरी प्रशासनले भारतीय गाडीको चेकजाँच तथा धरपकड गर्न थालेपछि ग्रामिण भेगको जनताको जनजीवन प्रभावित भएको कुरा उल्लेख गरिएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति रमेश पाण्डेको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो । नेपाल र सिमावर्ती भारत बिहारका जनतासंग सास्कृतिक तथा रोटिबेटिकोे सम्बन्ध रहेको र भारतीय गाडी नेपाल प्रवेश गर्नासाथ धरपकड तथा आवश्यक कारवाहीका लागि वीरगंज भन्सार पठाउन थालेपछि ग्रामिण क्षेत्रकाबासिन्दा आक्रोशित भएको पाण्डेले बताउनु भयो । ज्ञापन पत्र बुझदै पर्साका प्रमुख जिल्लाअधिकारी भट्टराईले अर्थमन्त्रालयसँग परार्मश गरी उत्पन्न समस्या समाधान गर्न आफू गम्भिर रहेको बताउनु भयो । ज्ञापनपत्र बुझाउन जाने टोलिमा नबिन सिंह, मुकेश सिंह,धुरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times