राम कुशवाहा
वीरगंज ७ साउन ।
वीरगंज भन्सार एरिया बाट संस्थागत रुपमा हुने गरेको तस्करीमा सिमा नाकामा खटेका प्रहरीले कडाई गरेपछि तस्करी धन्दा बन्द भएको छ । ईनर्वा प्रहरी चौकीका सई सुमन सिंहले तस्करीको लाईन मिलाउन आएका एक तस्करलाई थुने पछि सो एरिया बाट हुने गरेको तस्करी अहिले पुर्ण रुपले ठप्प भएको हो । भारतिय सिमावर्ती सहर रक्सौल बाट सर्टिड्ड, सुटिड्डको कपडा, हार्डवेयर, ईलेक्ट्रोक्सि पार्ट पुर्जा, खाद्यान्य लगायतका सामानहरु वीरगंज भन्सारको मेन बाटो हुदै प्रहरीको सहयोगमा अवैध रुपमा नेपाल भित्रिने गरेको थियो । तर ईनर्वा प्रहरी चौकीमा प्रहरी नायव निरिक्षक सुमन सिंह आएपछि भन्सार एरिया बाट हुने गरेको अवैध चोरी पैठारी पुर्ण रुपले ठप्प भएको मरिच र कपडाको काम गर्ने एक तस्करले नाम नछापने सर्तमा बताए । ईनर्वा प्रहरी चौकीका सई सुमन सिंहले तस्करीको लाईन दिन नमानेपछि मेरो बारेमा केही तस्करहरुले गलत प्रचार, प्रसार गराउन लगाएपनि मलाई केही फरक नपर्ने सई सिंहले बताए । त्यसैगरी वीरगंज भन्सारमा खटने शसस्त्र प्रहरी राजश्व गस्ती गुल्मका प्रमुख डिएसपी तिलक खडकाले पनि वीरगंज भन्सार एरिया बाट हुने गरेको अवैध चोरी निकासीमा कडाई गरेपछि तस्करहरुको सातो गएको छ । शसस्त्र प्रहरी गुल्म वीरगंज भन्सारले दैनिक रुपमा लागु औषध कारावारी, अवैध कपडा, मरिच लगायत तस्करीका माल समानहरु पक्राउ गरी वीरगंज भन्सारमा बुझाउने गरेको डिएसपी तिलक खडकाले बताए । भन्सार राजश्व गस्ती गुल्ममा तिलक खडका प्रमुख भएर आएसंगै हाल सम्म करोडौको तस्करीका अवैध माल समान भन्सार बुझाएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times