बीरगंज ।
लामो समय देखि हत्या अपहरण जस्ता जघन्य अपराध नभएको आर्थिक नगरी वीरगंजमा फेरि अपहरणको श्रृंखला शुरु भएको छ । वीरगन्जमा दुई दिन यता दुईजना युवकको अपहरण भएको समाचार प्राप्त भएको छ । पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ मधवलका २८ वर्षीय उपनिवेश चौरसीया र वीरगन्ज महानगरपालिका १९ इनर्वा निवासी ३५ वर्षीय अरमान अली अपहरणमा परेको पिडित परिवारजनले बताएका छन् । मङगलबार दिउँसो २ बजे तिर वीरगन्जको घण्टाघर चोकबाट मधवलका चौरसीयालाई उनकै गाउँका दुईजनाले मोटरसाइकलमा जबरजस्ती चढाएर भारतको रक्सौलतर्फ लिएर गएको परिवारजनले बताएका छन् । उनको अवस्था अज्ञात रहेको छ । अपहरणमा परेको भनिएका चौरसीया, नेपाल तरुण दलको जिल्ला सदस्य पनि हुन् । चौरसीयालाई उनकै गाउँका उत्तम तिवारी र इजराउलले घण्टाघरबाट मोटरसाइकलमा चढाएर रक्सौलतर्फ लिएर गएको खबर पाएपछि बुधबार रक्सौल गएर खोजतलास गर्दा पनि चौरसीया फेला नपरेको वडाध्यक्ष अनुज चौरसीयाले जानकारी दिनुभयो । यस्तै, वीरगन्ज महानगरपालिका ६ इनर्वाका ३५ वर्षीय अरमान अली पनि अपहरणमा परेको उनका परिवारजनले बताएका छन् । गत सोमबार बिहान ५ बजे गाउँकै मस्जिदमा नमाज पढेर घर फर्किएका अरमान त्यहि दिन बिहानदेखि बेपत्ता भएको परिवारजनले बताएको छ ।
मङगलबार बिहान बिहान ८ बजे तिर अरमान आफैंले आफ्नो मोबाइलबाट घरमा रहेकी दिदीलाई फोन गरेर आफू अपहरणमा परेको र फिरौती रकम नदिए आफूलाई अपहरणकारीले मार्ने धम्की दिएको परिवारले बताएका छन् । अरमानले दिदीलाई फोन गरेलगत्तै उनको मोबाइल स्वीच अफ भएको परिवारले जानकारी दिएका छन् । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले दुईजना युवक सम्पर्कविहीन भएको सूचना प्रहरीलाई आउने बित्तिक्कै उनीहरुको खोजतलाशमा प्रहरी परिचालन गरिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय