वीरगन्ज , भाद्र २ गते ।
प्रहरीलाई लछार पछार गरि हतियार समेत लुटेर फरार रहेका अभियुक्तहरु गाउंमा खुलेआम घुमिरहदा पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुरका स्थानिय त्रस्ति भएका छन् । प्रहरीले उनीहरुलाई समाउन चासो देखाएको छैन । प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्नको साटो संरक्षण नै दिएको स्थानियको आरोप छ । अभियुक्तहरु गाउमा खुलेआम घुमिरहेको जानकारी प्रहरी प्रमुख होमेन्द्र सिंह राठौर र प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद भट्टराईलाई गराउदा पनि उनीहरुलाई स्थानिय प्रशासनले पक्राउ गर्न चासो नलिएको स्थानीयले जनाएका छन् ।

वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरी स्थानिय वासिन्दाले फरार अभियुक्त १२÷१३ दिनदेखि गाउमा खुलआम रुपमा घुम्दै हिडेको र यसबारे प्रहरीलाई खबर गर्दा पनि उनीहरु पक्राउ नपरेको जनाएका छन् । पत्रकार सम्मेलनमा अदालतमा धरौटी बुझाएर रिहा भएका नेजारुल राउत गद्धीका दाजु नसरुल्लाह गद्धीले गाउ फर्किएका फरार अभियुक्तले आफूहरुलाई ज्यान मार्ने धम्की समेत दिदै हिडेको बताए । घटनामा संलग्न भइ फरार भएका पाडेपुरकै भुलाइ राउत गद्धी, फताब राउत गद्धी , अली अहमद राउत गद्धी, लालबाबु राउत गद्धी र रजिस् राउत गद्धी अहिले गाउमा आएर धम्की दिदै हिडेको नसरुल्लाहले जनाए ।

गत पुष ३ गते पर्साको जगरनाथपुर गाउँपालिका १ पाडेपुरमा नेपालबाट भारतमा डिजेल तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर समुहले आक्रमण गर्दा दुईजना प्रहरी सहायक निरीक्षक सहित चार जना प्रहरी गम्भीर घाइते भएका थिए । उक्त घटनामा संल्गन रहेका अधिकांश आरोपित अहिले गाउमा खुलेआम घुमिरहदा पनि उनीहरुलाई प्रहरीले प्रकाउ नगरेको स्थानियले जनाएका छन् ।

पत्रकार सम्मेलनमा नसरुल्लाहले भने, ’यस बारेमा मैले एसपी र सिडिओलाई भेटेरै खबर गरिसकेको छु, तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन् । घटनामा संलग्न नभएका पांच जनाविरुद्ध त्यस बेला प्रहरीले मुद्धा दर्ता गरेको भएपनि अदालतमा हाजीर गराइ धरौटी बुझाएर रिहा गराएको भन्दै नसरुल्लाहदले भने, ’त्यसबेला प्रहरी चौकीमै आक्रमण गरेर फरार अभियुक्त अहिले गाउंमा खुलआम धम्क्याउदै घुमिरहेका छन, प्रहरीलाई खबर गर्दा पनि पक्राउ गर्न कुनै चासो देखाएको छैन ।

घटनाको बेला आफहरुले प्रहरीलाई गासवासको व्यवस्थापन गरि शान्ती सुरक्षा पुर्नवहाली गराउन सहयोग गरेको कारण पनि फरार रहेकाहरुले अहिले धम्की दिएको पत्रकार सम्मेलनमा स्थानियले बताए ।

उक्त घटनामा तस्करहरुले प्रहरीको थ्रि नट थ्रि राइफल र पेस्तोल समेत लुटेका थिए । प्रहरीले मुद्दा दर्तागरि अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला आदालतबाट पक्राउ पुर्जी जारी गराएपनि केहि राजनैतिक व्यकितको दवावमा अभियुक्तहरु निश्चिन्त भएर गाउमा खुलेआम घुमी रहेका छन् ।

२९ जनामध्ये पाडेपुरका ६ जना पर्सा जिल्ला अदालतमा आफै हाजिर भएपछि अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । बाकी २३ जना फरार अभियुक्त भारतको विभिन्न ठाउंमा ७ महिनादेखि लुकीछिपी बस्दै आएको र ती मध्ये ५ जना दुई हप्ताअघि गाउं फर्किएका छन् ।

दुई हप्ता पहिले भारतबाट गाउं फर्किएका फरार अभियुक्तले ज्यान मार्ने धम्की समेत दिदै आएको स्थानीय नसरुल्लाह गद्धीले बताए । गत पुष ३ गते बिहान करिब ३ बजे तिर दुईवटा मोटरसाइकलमा डिजेल लोड गरी सीमावर्ती भारतीय बजार इनर्वामा जाँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोज्दा फरार अभियुक्तहरुले आक्रमण गर्दा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम थापा , प्रहरी जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका प्रहरी सहायक निरीक्षक जय किशुन महत्तो गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय