वीरगन्ज ५ भदौ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रणको लागि खटाएको अपराध नियन्त्रण टोलीले नै चोरीको गाडी प्रयोग गर्ने गरेको खुलेको छ । अपराध नियन्त्रणका लागि पर्साका एसपी सोमेन्द्र सिंह राठौंरले आफनो विश्वासिलो पात्रको रुपमा खटाएका प्रहरी नायब निरिक्षक विदुर शिवाकोटीले चोरीको भारतीय गाडी प्रयोग गरीरहेको खुलेको हो ।
क्राईम टोलीले करिब एक महिना अगाडी बाराको सिमाना स्थित गण्डक बहुअरी एरियाबाट एसके.०१ पिबी ३७६३ नम्बरको भारतीय स्कारपियो गाडी अनुसन्धानको लागि पक्राउ गरेको थियो ।
पक्राउ परेको गाडी चोरीको रहेको भएतापनि राजश्व कार्यालय पथलैया वा वीरगन्ज भंसार कार्यालयमा नबुझाई निजि काममा प्रयोग गरेको खुलेको हो । अपराध नियन्त्रणको नाममा प्रहरी नायब निरिक्षक शिवाकोटीले आफनो व्यक्तिगत काममा उक्त चोरीको गाडी प्रयोग गर्ने गरेको पाईएको छ ।
स्थानिय प्रशासनले भारतीय गाडी नेपाल प्रवेशमा कडाई गरेपछि ईन्ट्री फेल अथवा तत्काल कागजपत्रमा केहि कमि भेटिए लगतै गाडी पक्राउ गरे लगतै वीरगन्ज भंसार वा राजश्व कार्यालयमा बुझाउँने गरेका छन ।
तर शिवाकोटीले पक्राउ गरेको चोरीको गाडी हाल सम्म प्रयोग गर्दै आएका छन । उनको यो रवैयाले वीरगन्जको चोरीको घटनामा समेत दिन प्रतिदिन बृद्धि हुदै गएको छ । जिल्लामा घटने चोरीको घटना नियन्त्रण गर्ने निकायले नै चोरीको गाडी प्रयोग गर्नु कति न्यायचित हुन्छ आम सर्वसाधारणको चासोको विषय बनेको छ ।
अपराध नियन्त्रण टोलीका प्रमुख लक्ष्मण गिरीलाई राखिएपनि विगत एक महिनादेखि गिरीलाई अपराध शाखाबाट हटाई उनी भन्दा एक स्तर जुनियर प्रहरी नायब निरिक्षक शिवाकोटीलाई नै अपराध नियन्त्रण टोलीका प्रमुखको रुपमा खटाईएको छ ।
एसपी राठौंरको विश्वासिलो पात्रको रुपमा रहेका शिवाकोटीले दोश्रो एसपीको रुपमा जिल्ला चलाई रहेको प्रहरी श्रोतबाट नै खुलेको छ । जिल्लामा हुने आर्थिक देखि अपराधिक गतिविधि सम्म प्रहरी नायब निरिक्षक शिवाकोटीको सरसल्लाहले नै एसपी राठौंर हिड्ने गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times