राम कुशवाहा
बीरगंज १६ भदौ ।
बीरगंज भन्सारमा खटिएको सशस्त्र प्रहरी राजस्व गस्ती टोलीले आज चेकजाँचको क्रममा अवैध रुपमा भारतबाट ल्याई रहेको अवस्थामा चाँदी सहित ३ लाख ६८ हजार बराबरको तस्करीको समान बरामद गरेको छ । बीरगंज भन्सार कार्यालय अगाडीबाटै चेकजाँचको क्रममा ना १३ प ५५२४ नम्बरको मोटर साईकलमा लुकाई छिपाई ल्याई रहेको अवस्थामा १ किलो ३ सय ३२ ग्राम चाँदीका विभिन्न गरगहना सहित वीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने विकास सर्राफलाई पक्राउ गरिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख अमर खत्रीले बताउनु भयो । त्यसैगरी सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट ल्याई रहेको अवस्थामा १ लाख ३६ हजार बराबरको भारतीय लत्ताकपडा र २४ हजार बराबरको भाडावर्तन बरामद गरेको छ । बरामद गरिएको चाँदी, मोटर साईकल, लत्ताकपडा र भाडावर्तन थप कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक खत्रीले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times