वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार प्रदीप यादवले मतदान गरेका छन् । बिहीबार (फागुन २१) नेकपा (एमाले)का उमेदवार यादवले वीरगन्ज महानगरपालिका–२२, मनियारीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको केन्द्रमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

यादव यही क्षेत्रबाट यसअघि दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनी तीनपटक मन्त्री समेत बनिसकेका छन् ।

तेस्रोपटक निर्वाचित भएर ‘ह्याट्रिक’ गर्ने लक्ष्यका साथ यसपालि उनी चुनावी मैदानमा छन् ।

मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय