बिरगंज १८ भदौ ।
पर्सा प्रहरीले गोली हानेर एकजना युवकलाई आफनो नियन्त्रणमा लिएको छ । मंगलबार राती १० बजे वीरगन्ज १३ राधेमाई चौकमा चेकजाँच गर्ने क्रममा प्रहरीले गोली हानेर वीरगन्ज १६ ईनर्वाका २७ बर्षिय सन्तोष दासलाई नियन्त्रणमा लिएको हो ।सम्वेदनशिलताको लागि पैदल यात्रुलाई समेच चेकजाँच गर्ने क्रममा पैदल आई रहेका दास प्रहरीलाई देख्नासाथ पेस्तोल तेर्साउँदै भाग्दै गर्दा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक गौत्तम थापाले बताउ ।दासको दाहिने खुट्टामा एक गोली लागेको छ । उनको साथबाट १ थान पेस्तोल र १७ राउण्ड गोली समेत बरामद गरेको प्रहरी नायब उपरिक्षक थापाले बताए । हाल उनलाई प्रहरीको निगरानीमा वीरगन्जको नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । उनको अवस्था अहिले समान्य छ ।पक्राउ परेका दास विभिन्न अपराधिक गतिविधिमा संलग्न समेत रहेको प्रहरीले दावी गरेको छ । दास यसअघि अपराधिक क्रियाकलापमा संलग्न भई एक मुद्दामा जेल सजाय काटेर आएका थिए । हालै वीरगन्जको विर्ता र माईस्थानमा पटाखा पड्काई त्रासको वातावरण सृजना गरेर फिरौती रकम असुल्ने योजनामा दासको समेत संलग्नता रहेको प्रहरी श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय